छेपारो तस्करी आरोपमा २ जना पक्राउ

भद्रपुर । टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा प्रहरीले २ जना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन्। भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेका छन् ।

नेपाल–भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को टोली नेपाली दुई नागरिकलाई टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित पक्राउ गरेको हो। पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

याे पनि पढ्नुस  छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ

पक्राउ परेका दुवै नेपाली नागरिकलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाइएको छ। उनीहरूले टोक्यो जेको कहाँबाट कुन प्रयोजनका लागि ल्याएको हो भन्ने विषयमा केही खुलाएको छैन।

टोक्यो जेको उनीहरूले नेपाल लैजान खोजको एसएबसीको आशंका गरेको छ। टोक्यो जेकोलाई घरेलु औषधिका रूपमा एड्स, क्यान्सर, दमजस्ता जटिल रोग निको पार्नेमा प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ।

याे पनि पढ्नुस  पूर्व डीआईजी भट्टसहित ३५ जना पक्राउ

कमेन्ट गर्नुहोस्