संसदमा अश्लील भिडियो हेरेको भन्दै उपमुख्यमन्त्रीलाई बर्खास्त गर्न माग

कर्नाटक, कर्नाटकका महिला कांग्रेस कार्यकर्ताहरुले राज्यका नयाँ उप मुख्यमन्त्री लक्ष्मण सावदीलाई बर्खास्त गर्न माग गरेका छन् ।

नयाँ उप मुख्यमन्त्री सावदी सन् २०१२ मा विधानसभा भित्रै अश्लील भिडियो हेर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । नैतिकता नभएको व्यक्तिलाई उपमुख्यमन्त्री बनाउनु गलत भएकोले भाजपा अध्यक्ष अमित शाहसँग सावदीलाई बर्खास्त गर्न माग गरेको महिलाहरुले जनाएका छन् ।

कांग्रेस नेता पुष्पा अमरनाथले भाजपा नेता सीसि पाटिल र कृष्णा पालमरसँगै सावदी पनि क्यामेरामा अश्लिल भिडियो हेर्दै गरेको अवस्थामा पक्राउ परेकोले उनलाई मुक्त गर्नुपर्ने बताइन ।

त्यसो त पक्राउ परेका तीनैजनाले शैक्षिक उद्देश्यका साथ अश्लील भिडियो हेरेको बताएका थिए । यी भिडियोका माध्यमबाट रेब पार्टीका बारेमा जानकारी हासिल गर्न खोजेको उनीहरुको तर्क थियो । अचम्म के छ भने विधानसभाको सदस्य नभएपनि येदियुरप्पा सरकारले उनलाई उप मुख्यमन्त्रीको कार्यभार दिएको छ ।

कांग्रेस जेडिएसको गठबन्धनलाई अस्थिर गर्न सावदीको मुख्य हात भएको बताइन्छ । अमर उजालका अनुसार, उनी सभामुखले अयोग्य ठहर्याएका विधायक रमेश जारकीहोलीका करिबी हुन ।

कमेन्ट गर्नुहोस्