महोदय मेरो मृत्यु भएको छ, कृपया हाफ टाइमपछि अवकाश दिने कृपा गरियोस्…

कानपुर, कानपुरको एउटा स्कूलमा अनौठो घटना सार्वजनिक भएको छ ।

यहाँ आठ कक्षामा पढ्ने एकजना छात्रले आफ्नै मृत्यु भएको उल्लेख गर्दै प्रिन्सिपलसँग छुट्टी मागे । अचम्म त के छ भने प्रिन्सिपलले पनि आवेदन पत्रमा ग्रान्टेड लेखेर छुट्टी पनि दिए ।

याे पनि पढ्नुस  खातामा सित्तैमा १ लाख बढी पैसा आएपछि खर्च गरे किनमेलमा, पछि भयो आपत

छात्रले निवेदनमा लेखेका छनः सविनय यो निवेदन छ कि प्रार्थी विजय (परिवर्तित नाम) को १० अगस्टका दिन बिहान १० बजे देहान्त भएको छ ।

महोदयसँग अनुरोध छ कि प्रार्थीलाई हाफ टाइमपछि अवकाश प्रदान गर्ने कृपया गरियोस् । महान दया हुनेछ । यो घटना केही दिन अगाडिको हो । अहिले यो कुरा व्यापक चर्चाको विषय बनेको छ ।

याे पनि पढ्नुस  खातामा सित्तैमा १ लाख बढी पैसा आएपछि खर्च गरे किनमेलमा, पछि भयो आपत

कमेन्ट गर्नुहोस्