खेल शुरु हुनुअघि नै पूर्वक्रिकेटर रिचर्डस मैदानमै ढले, काँधमा बाकेर लगियो अस्पताल

जमैका । भारत र वेष्ट इण्डिजबीच चलिरहेको दोश्रो टेष्टको पहिलो दिन खेल शुरु हुनु अघि स्टेडियमा तनावको माहौल सिर्जना हुन पुग्यो ।

वेष्टइण्डिजका पूर्व क्रिकेटर सर भिभियन रिचर्डसको स्वास्थ्यमा अचानक समस्या देखा पर्यो । लाइभ प्रसारणको बेला उनी अचानक बेहोस भए र मैदानमा नै ढल्न पुगे । तत्कालै उनलाई मैदानबाट बाहिर लगियो । तर त्यस्तो नराम्रो दुर्घटना भने हुन पाएन । लन्चपछि रिचर्डस फेरी कमेन्ट्री बक्ससँग जोडिन सफल भए ।

प्राप्त जानकारी अनुसार, रिचर्डस सोनी टिभीमा खेल अघिको शोमा कार्यरत थिए । यसै बेला उनी असहज देखिए । अनि उनलाई तत्कालै दुईजना स्वयमसेवकको मद्दतले बाहिर लगियो । ६७ वर्षीय रिचर्डसलाई मौसममा परिवर्तनका कारण डिहाइड्रेसनको समस्या भएको थियो ।

कमेन्ट गर्नुहोस्