किन हुँदैछ प्रचण्डमाथि आक्रमण? भित्री कारण यस्तो छ

मनहरी तिमिल्सिना । सन् १९१७ नोभेम्वर १ मा रुसी कम्युनिष्ट पार्टी (बोल्सेभिक) को नेतृत्वमा पहिलो समाजवादी सत्ता स्थापना भयो। क्रान्तिको विजयपछि लाखौं मजदुरहरुलाई सम्वोधन गर्दै क्रान्तिनायक लेनिनले भनेका थिए, ‘आफ्ना सोभियतहरुको वरिपरि एकजुट हुनुहोस्, सोभियतहरुलाई दरिलो तुल्याउनुहोस्। कसैलाई नपर्खिकन आफूले नै काम गर्न थाल्नुहोस्, कठोर क्रान्तिकारी सुव्यवस्था कायम गर्नुहोस्। जँड्याहाहरु, बदमासहरु, प्रतिक्रान्तिकारी युन्केरहरु, कोर्निलोभका समर्थकहरु इत्यादिको तर्फबाट हुने अराजकताको प्रयासलाई निर्ममतापूर्वक दमन गर्नुहोस्।’

मार्क्सवादी सिद्धान्तले भन्छ, ‘समाजमा वर्गहरुको अस्तित्व रहुञ्जेल वर्ग सङ्घर्ष जारी रहन्छ। सर्वहारा एवं श्रमजीवी वर्गले न्याय, समानता र स्वतन्त्रताको माग गर्दै क्रान्तिको सङ्खघोष गर्दछ, प्रतिक्रियावादी वर्गले आफ्नो सत्ताको रक्षार्थ दमनको अस्त्र उठाउँछ। यही वर्गसङ्घर्षले सामाजिक क्रान्तिको जन्म हुन्छ। पूँजीपति वर्गविरुद्धको कठोर सङ्घर्षका बलमा सर्वहारा एवं श्रमजीवी वर्गले सत्ताको बागडोर सम्हाल्छ। तर, सत्ताको स्वाद चाखिसकेको प्रतिक्रियावादी वर्ग गुमेको सत्ता उल्टाउन आफ्नो अन्तिम प्राण रहेसम्म निरन्तर लागिरहन्छ। यही श्रृङ्खलालाई मार्क्सवादीहरुले क्रान्ति र प्रतिक्रान्तिबीचको अनवरत सङ्घर्षका रुपमा व्याख्या गर्दै आएका छन्। रुसमा सत्ता कब्जा गरेपछि लेनिनले पहिलो सम्वोधनमै भनेका थिए, ‘क्रान्ति त सर्वहारा वर्गले जित्यो। तर, पराजित शासक वर्ग चुप लागेर बस्दैन। शासक वर्गले आफ्नो सत्ताको तख्ता उल्टाउन जीवनभर प्रतिक्रान्तिको हतियार उठाइरहन्छ।’ लेनिनले प्रतिक्रान्तिको खतरा औल्याउँदै मजदुरहरुलाई सर्वहारा सत्ता रक्षार्थ पूँजीपति वर्गविरुद्ध कठोर हुन, सर्वहारा अधिनायकत्व दृढतापूर्वक लागू गर्न र सत्तालाई वर्गसत्ता रक्षाको साधनका रुपमा बुझ्न अपील गरेका थिए।

सशस्त्र क्रान्ति र शान्तिपूर्ण सङ्घर्षको बलमा २५० वर्षदेखि सत्ताको हालिमुहाली गर्दै आएको सामन्ती तथा एकात्मक राजतन्त्रको अन्त्य गरियो। यो एक युगान्तकारी राजनीतिक परिघटना थियो। तर, नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नितान्त मौलिक ढङ्गले भयो। यहाँ लुइस चौधौंको जस्तो राजाको टाउको काटिएन, विश्वका कैयौं देशहरुको जस्तै राजा निर्वासनमा गएनन् वा उनीमाथि जेलजीवनको कठोर सजाय तोकिएन। बरु, राजनीतिक दलहरुले उदारतापूर्वक सत्ताच्यूत भए पनि सम्मानित नागरिकका रुपमा व्यवहार गर्ने निर्णय गरे।

आज प्रतिगमनका लागि जुन आधारभूमि तयार पार्ने कोशिस भइरहेको छ, त्यसमा नागरिकको असन्तुष्टि पनि एक बलशाली कारण हो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन।

परिस्थिति फेरिएको छ। गणतन्त्र स्थापनाको १२ वर्ष पुग्न लाग्दा एकथरि शक्तिहरुलाई पूर्वराजालाई निर्मल निवासबाट नारायणहिटी सार्ने प्रयत्न गर्दैछन्। यसका लागि विगत १२ वर्षमा राजनीतिक दलहरुले गरेका कमजोरी, राजनीतिक दलहरुले देखाएको राजनीतिक एवं संवैधानिक उदारतालाई सिरानी हाल्न खोजिएको छ। एकथरि शक्तिहरु २र४ महिनामै राजा ल्याउन सकिन्छ कि भन्ने खालले उत्साहित हुन थालेका छन्। उनीहरुमा सत्ता सङ्घर्षमा क्रान्तिकारी वर्गले पनि अग्रगामी परिवर्तनका एजेण्डाको रक्षार्थ कठोर कदम चाल्न सक्छ भन्ने राजनीतिक सुझबुझ गुम्दै गएको देखिन्छ।
.

जतिबेला राजनीति शान्तिपूर्ण संक्रमणको चरणमा हुन्छ, त्यतिबेला क्रान्तिकारी शक्तिहरु सुशुप्त र प्रतिक्रान्तिकारी शक्तिहरु उत्साहित भएर लाग्ने गर्दछन्। शान्तिपूर्ण संक्रमणको अवधि त्यस्तो अवधि हो, जसले क्रान्तिकारी वर्ग र शक्तिलाई पनि बेलाबखत भ्रममा पारिदिन्छ। त्यसको प्रत्यक्ष लाभ लिन प्रतिक्रियावादी वर्गले अन्तिमसम्म कोशिस गरिरहेको हुन्छ। पछिल्लो समय विभिन्न आवरणमा देखिएको अराजकता र परिवर्तनविरोधी गतिविधि पनि त्यसैको दृष्टान्त हो।

याे पनि पढ्नुस  सधै हँसाउने मनोज गजुरेलले सबैलाई रुवाए, प्रचण्डदेखि सबैका रसाए आँखा (भिडियो)

गणतन्त्र प्राप्तिको १२ वर्षको अवधिमा प्रगतिशील शक्तिहरुबाट नागरिकले धेरै ठूलो अपेक्षा गरेका थिए, जुन कुरा नागरिकको अपेक्षाकै स्तरमा पूरा हुन सकेनन्। तर, यस अवधिमा भएका सयौं क्रान्तिकारी एवं अग्रगामी कामहरु पनि नागरिकका बेलगाम आकाङ्क्षासामू फिक्का सावित भए। आज प्रतिगमनका लागि जुन आधारभूमि तयार पार्ने कोशिस भइरहेको छ, त्यसमा नागरिकको असन्तुष्टि पनि एक बलशाली कारण हो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन। तर, गणतन्त्रको बिकल्प राजतन्त्र वा प्रतिगमन हुँदै होइन।

जब उत्पादक शक्ति र उत्पादन सम्बन्ध एवं बितरण प्रणालीबीचको अन्तरविरोध उत्कर्षमा पुग्छ, तब शक्ति सन्तुलनको भूमिका नै निर्णायक हुन आइपुग्छ। गतिशील उत्पादक शक्ति र स्थीर उत्पादन सम्बन्धबीचको अन्तरविरोधले नागरिकमा राज्य विप्लवको परिस्थिति सिर्जना हुन्छ। तर, परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न अग्रगामी शक्तिले सक्दा त्यो क्रान्तिमा बदलिन्छ, नसक्दा प्रतिक्रान्ति। विश्वका कुनै पनि शक्तिले प्रतिक्रान्तिको नारा दिएर सत्तामाथि नियन्त्रण हासिल गरेका उदाहरण बिरलै भेटिन्छन्। बरु, उनीहरु क्रान्तिको नारा दिएर सत्ता हत्याउँछन् र प्रतिक्रान्तिकारी सत्ताको साँचोमा ढाल्छन्।

२५० वर्षदेखि अर्धसामन्ती एवं अर्धऔपनिवेशिक जाँतोमा पिल्सिएको नेपाल विगत १५ वर्षयता राजनीतिक रुपमा स्वाधीनताको यात्रामा छ। १५ वर्षको अवधिमा जति पनि राजनीतिक निर्णयहरु गरिएका छन्, ती सबै निर्णय जनवादी सत्ताको अभ्यास र समाजवादी सत्ताको गृहकार्यतिर लक्षित देखिन्छन्। राजनीतिक रुपमा आएको जागरणले नागरिक समाजको चेतना पनि निकै उन्नत स्तरमा पुर्७३हद्दण्ण्मसयाइदिएको छ।
तर, राजनीतिक क्रान्तिको व्यवहारिक अभिव्यक्तिको आधार हो उत्पादन सम्बन्ध र बितरण प्रणाली। एकातिर राजनीतिक क्षेत्रमा आएको बहुआयमिक र गुणात्मक परिवर्तनले उत्पादक शक्ति नयाँ धरातलमा उभिएको छ, उनीहरु समाजवादी राज्यका संयन्त्रहरुको लेखाजोखा गरिरहेका छन्। तर, हाम्रो टुक्रे उत्पादन सम्बन्धले उत्पादक शक्तिको विकासअनुरुप गति लिन सकिरहेको छैन। उत्पादक शक्तिको बढ्दो आकांक्षा र उत्पादन सम्बन्ध एवं बितरण प्रणालीको पछौटेपनका कारण नागरिक तहमा राज्य प्रणाली र राजनीतिक नेतृत्वप्रति वितृष्णा बढ्दै गएको छ।

२५० वर्ष लामो राजतन्त्रात्मक सत्ताले देशलाई के दियो रु पूर्वाधार विकासको अवस्था कहाँ थियो रु हाम्रो सामाजिक न्याय र चेतना कहाँ थियो ?

प्रतिक्रान्तिकारी शक्ति यति धेरै उत्साहित भएर आफ्नो अभिष्टका लागि अग्रसर भइरहँदा क्रान्तिकारी शक्ति किन मौन छ । यति ठूलो सशस्त्र र शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेका नेताहरु गणतन्त्रका पक्षमा किन दृढतापूर्वक बोल्दैनन् रु किन देखिँदैछ गणतन्त्रप्रति उदासिनता, कहाँनेर चुक्दैछौं हामी रु यतातिर अलिकति विमर्श नगरी हामीले सम्भावित प्रतिक्रान्तिको जोखिम निस्तेज पार्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न सक्दैनौं।

याे पनि पढ्नुस  पर्यटन व्यवसायीलाई प्रचण्डको आग्रहः ‘पर्यटकलाई दुहुनो गाई जस्तो ब्यवहार नगर्नुहोस्’

प्रतिक्रान्तिकारी शक्तिहरु गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो व्यवस्था भएको खुलेआम तर्क गरिरहेका छन्। कम्युनिष्ट क्रान्तिकारीहरु पनि प्रतिक्रियावादी हमलासामू नतमस्तक हुँदै किन ‘तथास्तु’को नियतिमा पुग्न खोज्दैछन् । उत्पादक शक्ति र उत्पादन सम्बन्ध एवं बितरण प्रणालीमा देखिएको अन्तरविरोधको समाधान प्रतिगमन हुन सक्छ, प्रतिक्रान्ति हुन सक्छ रु कदापि सक्दैन। तर, योजनावद्ध रुपमा क्रान्तिविरुद्ध धावा बोल्दा वामपन्थी एवं क्रान्तिकारी शक्ति किन बोल्दैन रु के गणतन्त्रसँग राजतन्त्रको तुलना हुन सक्छ, के यो तुलना गर्न योग्य सवाल हो ।

गणतन्त्रका सयौं सीमा र कमजोरी छन्। ती कतिपय परिस्थितिजन्य रुपमा खडा भएका छन्, कति नेतृत्वको सीमा र कमजोरीको प्रतिफलका रुपमा। तर, त्यसको विकल्प राजतन्त्र हुनै सक्दैन। २५० वर्ष लामो राजतन्त्रात्मक सत्ताले देशलाई के दियो? पूर्वाधार विकासको अवस्था कहाँ थियो ? हाम्रो सामाजिक न्याय र चेतना कहाँ थियो ? नागरिक अधिकारहरुको हैसियत के थियो रु देशको अर्थतन्त्र र स्वाधीनताको हालत कस्तो थियो रु यसबारे मिथ्याङ्कमा होइन, तथ्याङ्कमा विश्लेषण गर्नु आवश्यक हुन्छ।

राजनीतिमा नेतृत्व सापेक्ष हुन्छ, निरपेक्ष होइन। कुनै बेलाका क्रान्तिनायकहरु शान्तिकालमा जनताको तराजुमा आ–आफ्नै ढंगले जोखिन्छन्। नागरिकका असीमित आकांक्षा सम्वोधन गर्ने वस्तुगत धरातल नहुँदा आलोचनाको केन्द्रमा पर्छन् नेताहरु।

१२ वर्षअघि नागरिकको प्रतिव्यक्ति आय जम्मा २१० डलर थियो। आज त्यो बढेर १२०० डलर पुगेको छ। राजावादीहरु २ लेनको पूर्वपश्चिम राजमार्ग, आफू बस्ने नारायणहिटी दरबार र सिंहदरबारलाई नै अलौकिक भौतिक विकासका रुपमा हल्ला पिटिरहेका छन्। आज दशौं हजार किलोमिटर सडक कालोपत्रे मात्र भएको छैन, टोल–टोलमा यातायातको सुविधा पुगेको छ। ०।५ प्रतिशतभन्दा रहेको आर्थिक वृद्धिदरले २ डिजिटमा विकास गर्ने प्रयत्न गरिरहेको छ। पूर्वाधार विकासका क्षेत्रमा देशले गुणात्मक फड्को मार्दैछ। रोजगारी सिर्जना र सामाजिक सुरक्षाका क्षेत्रमा सरकारले नयाँ–नयाँ परियोजना अगाडि सारिरहेको छ। यी सबै तथ्यलाई कुनै पनि ढंगले राजतन्त्रसँग तुलना गर्नै मिल्दैन।

राजनीतिमा नेतृत्व सापेक्ष हुन्छ, निरपेक्ष होइन। कुनै बेलाका क्रान्तिनायकहरु शान्तिकालमा जनताको तराजुमा आ–आफ्नै ढंगले जोखिन्छन्। नागरिकका असीमित आकांक्षा सम्वोधन गर्ने वस्तुगत धरातल नहुँदा आलोचनाको केन्द्रमा पर्छन् नेताहरु। हामीले क्रान्तिनायक ठान्ने भ्यादिमिर लेनिनमाथि फान्थाडोरा क्यापलिनले गोली हानिन्। विश्व शान्तिकै प्रवक्ता मानिने महात्मा गान्धी नाथुराम गोड्सेको गोलीबाट मारिए। विश्वमा यस्ता धेरै नेता छन्, जो क्रान्तिको एक कालमा निकै चर्चित र लोकप्रिय हुन्छन्। अर्को कालमा आलोचना र षड्यन्त्रको शिकार बन्दछन्। यो क्रान्ति र प्रतिक्रान्तिका बीच चल्ने अनवरत सङ्घर्ष र राजनीतिक शक्ति सन्तुलनकै परिणाम हो। त्यसको अपवाद नेपाली क्रान्तिका नायक प्रचण्ड पनि छैनन् र हुन पनि सक्दैनन्।

आज ज–जसले खुलेर प्रचण्ड र नेकपाको विरोध गर्छन्, त्यो प्रचण्डले लडेरै ल्याइदिएको गणतन्त्रको प्रतिफल हो। जुन दिन देशमा गणतन्त्र रहँदैन, त्यो दिन प्रचण्डमाथि आलोचना गर्ने अधिकार पनि रहनेछैन।

नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि नै गणतन्त्रको बहस चल्यो। जनवादी क्रान्ति कम्युनिष्ट शक्तिको न्यूनतम् रणनीति थियो। वि।सं। २०१७ सालको पञ्चायती ‘कू’पछि राजनीतिक दलहरुले दलीय स्वतन्त्रताको वकालत गरे, त्यो बेला गणतन्त्रको मुद्दा नउठेको होइन। तर, कसैले पनि त्यसलाई बलियोसँग उठाउन, स्थापित गर्न र गणतन्त्रका लागि जीवनमरणको सङ्घर्ष गर्न तयार भएनन्। वि।सं। २०५२ सालमा तात्कालीन माओवादीले जनयुद्धको घोषणा गरेपछि गणतन्त्रको मुद्दा नै राजनीतिको केन्द्रमा रह्यो। दलहरुबीच भएको १२ बुंदे समझदारीपछि गणतन्त्रको मुद्दाले सर्वदलीय स्वरुप ग्रहण गर्७३हद्दण्ण्मसयो। दलहरु साझा रुपमा गणतन्त्रको आन्दोलनमा होमिए, जनआन्दोलन सफल भयो। २०६५ जेठ १५ गते संविधान सभाको बैठकले औपचारिक रुपमै गणतन्त्रको घोषणा गर्७३हद्दण्ण्मसयो।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड भेटेर सामन्त तथा सुदखाेर पीडित महिलाहरु रुन थालेपछि.. (भिडियाे)

नेपालको गणतन्त्र मूख्यतः प्रचण्डको रणनीतिक चातुर्यता र कठोर राजनीतिक सङ्घर्षको परिणाम थियो। गणतन्त्रको स्थापनापछि जनता रैतीबाट नागरिकमा रुपान्तरित भए। सदियौंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पिँधमा पारिएका नागरिकहरु नीति निर्माणको तहमा पुगे। मुठ्ठीभरहरुको हातमा रहेको शासकीय अधिकार बहुसंख्यक नागरिकको हातमा आयो। उत्पीडित महिला, दलित, अल्पसंख्यकहरु आफ्नो भाग्यको आफै फैसला गर्ने ठाउँमा आइपुगे। आज ज–जसले खुलेर प्रचण्ड र नेकपाको विरोध गर्छन्, त्यो प्रचण्डले लडेरै ल्याइदिएको गणतन्त्रको प्रतिफल हो। जुन दिन देशमा गणतन्त्र रहँदैन, त्यो दिन प्रचण्डमाथि आलोचना गर्ने अधिकार पनि रहनेछैन।

प्रचण्ड गणतन्त्रका पिता हुन्। प्रचण्डलाई कमजोर बनाएर मात्र राजनीतिक क्रान्ति उल्टाउन सकिन्छ।

कतिपयले एउटा राजाको ठाउँमा हजारौं राजाहरु आएको अत्यन्तै हल्का टिप्पणी गर्दै गणतन्त्रप्रति वितृष्णा पैदा गर्ने कोशिसमा छन्, यो जनतालाई भ्रमित पार्ने र परिस्थितिलाई भड्काउने नियोजित योजनाअन्तर्गत नै अगाडि आएको छ। यो जहाँनियाँ, अलोकतान्त्रिक, बिलासी एवं जनताप्रति अनुदार शासकको अन्त्य भएर जनताका छोराछोरी सत्तामा आएको हेर्न नसक्ने अनुदारवादी सोंच मात्र हो। २०६५ देखि २०७६ सम्मको आर्थिक–सामाजिक विकासको तथ्याङ्कगत विश्लेषण गर्ने जो–कोहीले यो गणतन्त्रमाथिको नियोजित प्रहार हो भन्ने बुझ्न सक्छ।

प्रचण्ड गणतन्त्रका पिता हुन्। प्रचण्डलाई कमजोर बनाएर मात्र राजनीतिक क्रान्ति उल्टाउन सकिन्छ। विश्वमै कम्युनिष्ट आन्दोलन प्रतिकूल अवस्थामा रहेका बेला नेपालको कम्युनिष्ट आन्दोलन सफलताको शिखरतर्फ उन्मूख छ। यसलाई उल्टाउन प्रचण्डलाई नै कमजोर पार्नुपर्छ। अहिले प्रचण्ड र उनको टीममाथि जसरी आक्रमण भइरहेको छ, त्यसभित्र गणतन्त्र उल्टाउने र नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र विद्यमान छ। यो यथार्थ नेकपाका नेता–कार्यकर्ता र प्रगतिशील शक्तिले जहिलेसम्म बुझ्दैनन्, त्यतिञ्जेल पुनर्उत्थानवादी शक्तिले गणतन्त्रविरुद्ध टाउको उठाउन खोजिरहनेछ।

लोकपाटीबाट साभार

कमेन्ट गर्नुहोस्