लक्ष्मण थारुले भने, ‘असोज ३ गते संविधानको धारा, उपधारा जलाउँछौं’

कैलालीः टीकापुर राष्ट्रिय सम्मेलनबाट गठित थरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते संविधानको धारा उपधारा जलाउने तयारी भईरहेको मोर्चाका संयोजक तथा थरुहट नेता लक्ष्मण थारुले बताएका छन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा जिल्ला सम्मेलनमा संविधानको धारा १८, २२, ३२, अनुसूचि ४ जलाउने तयारी बताएका हुन् ।

उनले टीकापुर सस्ममेलन सम्पन्न गर्न निकै मेहनतका साथ शान्तिपूर्ण तरिकाले भव्यरुपले सम्पन्न भएको बताए । “हामी गैर लोकतान्त्रिक विधि अपनाउन चहान्दैनौं, शान्तिपूर्ण आन्दोलन गर्न चहान्छौं ।” आन्दोलनको मुद्धा, एजेन्डा सहयोग साथ र सहभागितामा टीकापुर सम्मेलन सम्पन्न भयो ।

“सत्ता पक्ष थारुहरु यो सम्मेलन विथोल्न धेरै प्रयास गरे, धेरै भ्रम छरे जसले गर्दा टीकापुरका धेरै बासिन्दा सम्मेलनको दिन टीकापुर छोडेर बाहिर हिडे थिए ।”

केन्द्रीय संयोजक थारुले भने “थारुहरुको अधिकार प्राप्ति नहुन्जेल सम्म कुनै पार्टीमा प्रबेश नगर्ने बाचा गर्दै थरुहट पहिजानकोलागि १० वर्ष सम्म आन्दोलन गर्न तयार छु तर कुनै पार्टीको सदस्या लिदैन ।”

टीकापुर कार्यक्रमले शासकहरुको दिमाग हल्लाई दिएको छ, सम्मेलनले आन्दोलनको घोषणा भईसक्यो अब आन्दोलनको स्वरुप नयाँ टेक्नोलोजिबाट शुरुवाट गर्नुपर्छ लक्ष्मण थारुले भने ।

पूर्व सभासद तथा मोर्चाका केन्द्रीय सल्हकार कृष्ण कुमार चौधरी राज्यको दमनसंगै थारुहरुके मुद्धा विरोधीहरुको कारण टीकापुर घटना पश्चात थारुहरुहरु हत्तोत्साहित भएकै हुन् । थारुहरुको मुद्धालाई राष्ट्रिय अन्तरािष्ट्रय स्तरमा स्थापित गर्नकोलागि पुन थारु, यूवा नेता, बुद्धिजीविहरु जुरमुराएका छन् ।

थारुहरु आफ्नो राजनीतिलाई धरापमा राखेर आन्दोलन आउनुपर्छ भन्न खोजेको होईन, तर जो जुन पार्टीमा छ थारुको अवाज त्यहि ठाउँमा बुलन्द गर्न आवश्यक छ । नेपालको ईतिहासमा हरेक मुद्धा तथा पछाडी पारिएकाहरुहरुलाई राज्य सत्ताको मूलधारमा आउन आन्दोलन बाहेकको विकल्प नरहेको बताए ।

त्यस्तै थरुहट नेता मोहन थारु पाटीभन्दापनि मुद्धालाई मध्येनजर गरेर सम्पूर्ण थारु एकताबद्ध हुनु जरुरी रहेको बताए । केही थारुहरु राजनीतिकरुपले आफू स्थापित भईसकेका छन् । उहाँहरुको कदर गर्दै अब थारुहरुको पहिचानको लागि आफ्नो पार्टी भित्रपनि थारुहरुको मुद्धाप्रति बहस चलाउन आग्रह गरे ।

थरुहट नेता राम प्रसाद थारुले थरुहट भूमिमा बसोबास गर्ने थारुहरु पहिचान सहितको आन्दोलनलाई निरन्तरता दिनको लागि मोर्चा गठन भएको छ ।

२०७२ सालमा थारुहरुको आन्दोलन उत्कृष्टमा पुगिसकेको थियो तर राज्यको घुसपैठमा टीकापुर घटना पश्चात आन्दोलन मत्थर भयो । अब पुन आन्दोलनलाई ब्यूझाउन मोर्चाको जन्म भईसकेको थारुको भनाई छ ।

कार्यक्रममा थरुहट नेता बसन्ती चौधरी थारुहरु आफ्नो पहिचानकोलागि आन्दोलन गर्न जरुरी रहेको बताईन् । राजनीतिक रुपमा थारुहरुको पहुच छैन, जसले गर्दा सम्पूर्ण थारु एक जुट भएर आन्दोलन मार्फात पहिचानका माग मुद्धाकोलागि लडाई आवश्यक रहेको बतईन् ।

उनले टीकापुर घटनाको प्रतिबेदन हाल सम्मपनि लुकाएको बताउदै टीकापुरको झुठा मुद्धा लागेर जेल जिवन विताईरहेका जेलबन्दीहरुको रिहाको माग गरिन् ।

त्यसैगरि ४२ महिना जेल जिवन विताएका राजबन्दी चुन्नी चौधरीले राज्यले सदियौंदेखि नै थारुमाथि विभेद गरिरहेको आरोप लगाए । उनले थारुहरु सद्भावककोलागि टीकापुरमा कार्यक्रम गर्दा राज्यले शान्ति सुरक्षाको नाम मनोबैज्ञानिक तरिकाले डमन गर्ने प्रयास गरिरहेको बताए ।

त्यसै गरि थरुहट नेता अरुन चौधरी थारुहरु पहिचान सहितको अधिकार प्राप्तीकोेलागि आन्दोलन आवश्यक रहेको बताए ।

थरुहट नेता दिनेश थारु टीकापुर राष्ट्रिय सम्मेन सम्पन्न गर्न थुप्रै चुनौतीको सामना पश्चात सव्यरुपले सम्पन्न भएको बताए । साथै अब यो मोर्चाको लक्ष्य प्राप्तीकालागि थरुहट आन्दोलन दीर्घकालिन हुन सक्ने बताए ।
यहि आन्दोलनबाट थारु नेताहरु जन्मिनेछन् । वितगको आन्दोलनले धेरै थारु नेता जन्माई सकेको छ । अहिले स्थानीय तहदेखि प्रदेश सरकारमा धेरै थारु नेताहरु नेतृत्व गरिहरेका छन् । त्यो नै आन्दोलनको उपलब्धी हो । जसले गर्दा समग्र थारुहरुको अधिकार प्राप्तिकोलागि थरुहट थारुवान राष्ट्रिय मोर्चालाई सशक्तरुपले अगाडी बढाउन सबै थारु एक जुट भएर मुक्तिको आन्दोलनमा होमिन आग्रह गरे ।

सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधब थारुको संयोजत्वमा ५१ सदस्य कायसमिति चयन भएको छ । सह संयोजक लौटन चौधरी, प्रवक्ता चुन्नी चौधरी, सचिब बसन्ती चौधरी रहेका छन् ।

त्यसै गरी सदस्यमा अरुण चौधरी, देशराम चौधरी, आशा चौधरी, दिनेश चौधरी, गंगा दहित, शर्मिला चौधरी, प्रदेशी चौधरी, आशिष चौधरी, चक्र चौधरी, सविता चौधरी रहेका छन् ।
सल्लाहकार समितिमा प्रभात कुमार चौधरी, मणिराम चौधरी र भगतराम चौधरी रहेका छन् ।

कमेन्ट गर्नुहोस्