‘साहो’ले कति कमायो पहिलो दिन?

काठमाडौंः  बलिउड फिल्म उद्याेगमा प्रवेश गरेका नायक प्रभास र श्रद्धा कपूरले अभिनय गरेकाे फिल्म ‘साहाे’ शुक्रबारदेखि रिलिज भएको छ ।

रिलिज भएसँगै यस फिल्मले बक्स अफिसमा पहिलो दिन भारु एक सय करोडभन्दा बढी कमाइ गरेको छ ।

बाहुबली फिल्मको सफलतापछि दर्शकमा प्रभासको क्रेज बढेको थियाे । त्यसैले उनका प्रशंसकले साहोको व्यग्र प्रतीक्षा गर्दै आएका थिए ।

याे पनि पढ्नुस  कमाइ खस्के पनि साहोबाट प्रभास बने एक मात्र अखिल भारतीय सुपरस्टार

यो फिल्म रिलिज भएकाे पहिलो दिन विश्वभर दश हजार स्क्रिनमा लागेकाे थियाे । भारतमा मात्र ४ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो ।

भारु ३ सय ५० करोड लागतमा बनेको साहोले भारतमा मात्र पहिलो दिन १ सय ४ करोडभन्दा बढी कमाएको हाे ।

याे पनि पढ्नुस  ‘साहो’ले तीन दिनमा कमायो २ सय करोड

यद्यपी फिल्मले आम्दानीमा बाहुबलीको रेकर्ड भने तोड्न सकेन् । बाहुबलीले पहिलो दिन देशभरमा २ सय १४ करोड कमाइ गरेको थियो । यस फिल्ममा पनि प्रभासले अभिनय गरेका थिए ।

कमेन्ट गर्नुहोस्