क्रिकेट संघ प्रदेश २ को नयाँ कार्यसमिति गठन, अध्यक्षमा हिरा भगत

जनकपुरधामः  प्रदेश–२ मा क्रिकेट संघको नयाँ समिति चयन गरिएको छ । नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट शनिवार धनुषाका हिरा भगतको सभापतित्वमा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको हो ।

महोत्तरीको बर्दिबासमा आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उप–सभापतिमा सिरहाका सुनिल कुमार महासेठलाई चयन गरेको छ भने सचिवमा सप्तरीका आयुष श्रेष्ठलाई चयन गरिएको छ। त्यस्तै कोषाध्यक्षमा रौतहटका पवन कुमार गुप्तालाई चयन गरिएको छ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयले पठायो कोरोना प्रभावित क्षेत्रमा उच्च स्तरीय टोली

त्यस्तै सदस्यहरुमा पर्साका डा‍. हरिशंकर प्रसाद साह, मुर्तुजा हवारी, सिराहाका अनिल कुमार शर्मा, महोत्तरीका सुनिल कुमार साह, रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभास जयसवाल छन्।

यसअघि शनिवार उद्घाटन सत्रमा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झाले खेल र खेलाडीको नामले कुनै बेला परिचय बनाउन सफल रहेको प्रदेश २ मा अहिले खेलाड़ी र खेल हराएकोप्रति चिन्ता व्यक्त गरेका थिए।

याे पनि पढ्नुस  प्रदेश-२ मा एकैदिन थपिए १६९ कोरोना संक्रमित

नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख झाले कुनै बेला राष्ट्रिय रुपमा पहिलो कप्तानको रुपमा उत्तम कर्माचार्य यसै प्रदेशको खेलाड़ी रहेको र क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा समेत देशको प्रतिनिधित्व गरेको इतिहासलाई उनले सम्झिए।

उपप्रमुख झाले अहिले प्रदेश २ दैवी प्रकोपको चपेटामा परेको भन्दै खेतीयोग्य जमिन मात्र नभई थुप्रै स्थानमा खेलकूद मैदानसमेत बाढिले बगाएको दाबी गरे।

याे पनि पढ्नुस  प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन प्रदेशसभा बैठकमा मतदान हुने

कमेन्ट गर्नुहोस्