नबिल बैंकको एटीएमबाट पैसा निकाल्ने ५ चिनियाँ प्रहरीको फन्दामा, २ करोड बढी बरामद

काठमाडौं, नेपाल प्रहरीले नक्कली एटीएम कार्ड प्रयोग रकम झिक्न खोज्ने चिनियाँ नागरिकलाई पक्राऊ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले नबिल बैंकबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

उनीहरूका साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलरसमेत बरामद गरेको छ।

सुरुमा नक्कली कार्डमार्फत नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा एक चिनियाँ नागरिक पक्राउ परेका थिए।

अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएको हो। दरबारमार्गस्थित माया मनोहर होटलबाट उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

कमेन्ट गर्नुहोस्