सोमबार र बुधबारको जाँचपछि प्रधानमन्त्री स्वदेश फर्किने

काठमाडौं, १५ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली बुधबारको जाँचपछि स्वदेश फर्किने भएका छन् ।
उर्जा मन्त्री वर्षमान पुनले यो जानकारी गरेका हुन ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले शनिबार सिंगापुरस्थित प्रधानमन्त्री ओली उपचाररत अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जनाकारी लिएका हुन्।

याे पनि पढ्नुस  प्रधानमन्त्री र पत्‍नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ

स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिलेसम्मको उपचारबाट उल्लेख्य सुधार भएको समेत उनले जानका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘आज सिगापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो। स्वास्थ्य अवस्था सामान्य रहेको छ। सोमबार र बुधवारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो। थप स्वास्थ्य लाभको कामना।’

याे पनि पढ्नुस  ओलीले सांसदहरूलाई बालुवाटार बोलाएर भने, ‘ढुक्क हुनुस्, नेकपा फुट्दैन’

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइ रहेका छन्। उनको प्लाज्मा फेरेसिस विधिबाट मिगौलाको उपचार सुरु गरिएको थियो। अहिलेसम्म उनको पाँच पटक प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गरिएको छ।

सोमबार र बुधवारको जाँचपछि प्रधानमन्त्री ओली नेपाल फर्कने जानकारी समेत मन्त्री दिएका छन्। उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर गएका थिए।

कमेन्ट गर्नुहोस्