फेरि घट्यो सुनको मूल्य

काठमाडौं । आज सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ७२ हजार ४ सय पुगेको सुनको मूल्य आइतबार पुनः घटेर ७२ हजार कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आइतबारको लागि प्रतितोला ७२ हजार रुपैयाँ निर्धारण जनाएको छ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ भएको छ। यसैगरी, चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनयता सुनको मूल्यमा उतारचढाव हुने क्रम जारी छ।

कमेन्ट गर्नुहोस्