बैंकको एटीएम लुट्ने चिनियाँ नागरिकबाट एक करोड २६ लाख बरामद

काठमाडौंः  नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार राति प्रहरीको नियन्त्रणमा चिनियाँ नागरिकबाट एक करोड २६ लाख बरामद भएको छ ।

पक्राउ परेका पाँच जना चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंगबाट उक्त रकम बरामत भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ।

पाँचै जनाविरूद्ध बैंकिङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने उनले बताए। उनीहरुलाई पाटन उच्च अदालत पेस गरी त्यहाँबाट म्याद थप हुनेछ। त्यस्तै उक्त घटनामा फरार तीन जनाको खोजी जारी रहेको काठमाडौं प्रहरीको भनाइ छ।

चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। चिनियाँ नागरिकबाट सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैंकहरूले एटीएम सिस्टम डाउन गरेका थिए।

कमेन्ट गर्नुहोस्