विप्लवको ताजा भनाईः राजतन्त्र फर्किनु असम्भव, सरकारले कुटनीतिक सैन्य रणनीतिमार्फत दमन गर्न खोज्यो

काठमाडौं । एकीकृत जनक्रान्तिको कार्यदिशा बोकेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालमा सक्रिय राजतन्त्रको सम्भावना नरहेको बताएका छन् ।

पार्टी निकटको टेलिभिजन समाचार संस्था इरातोखबरलाई अन्तर्वार्ता दिँदै विप्लवले नेपालमा राजावादीको बहस औचित्यहीन भएको बताए । विश्व परिस्थिति हेर्दा र नेपालको विगतदेखिका घटनाक्रम हेर्दा जनताले राजतन्त्र नस्वीकार्ने उनको भनाई थियो ।

अब पूँजिवादी गणतन्त्रको सट्टामा वैज्ञानिक समाजवादी गणतन्त्र आवश्यक भएको उनको जिकिर छ ।

वैज्ञानिक समाजवाद कि राजतन्त्र भन्ने बहसमा विप्लवले यो प्रश्नको विकल्पमा अग्रगामी विकल्पमा जानुपर्ने बताए । पश्चगमन जानु विकल्प मान्न नसकिने बताउँदै विप्लवले राजनीतिकरुपमा विकल्प शब्दको तौल अग्रगामी विकल्पमा हुने बताए ।

नेपालमा राणा शासन, पञ्चायती राजतन्त्र, बहुदलीय व्यवस्था लगायतका व्यवस्थामा जनता सन्तुष्ट नभएर यहाँसम्म आइपुगेको अवस्थामा अहिलेको व्यवस्थाले पनि त्यो पुरा नगरेको अवस्थामा हिजो असफल भएको व्यवस्था विकल्प हुन नसक्ने बताए ।

“संसदीय व्यवस्थाको विकल्प स्वतः वैज्ञानिक समाजवाद हो भन्ने स्पष्ट भएको छ ।” विप्लवले भने, राजतन्त्रको कुरा गर्दा सक्रिय राजतन्त्रको या राज्यसत्ता कब्जा गरेको सक्रिय राजतन्त्रको कुरा आउने भएकोले विश्वको राजनीतिक सभ्यतामा यो असफल भइसकेको र विश्व नै धेरै अघि बढिसकेकोले त्यो सम्भव छैन ।”

याे पनि पढ्नुस  ‘विप्लवसँग वार्ता गर, राजावादीमाथि प्रतिबन्ध लगाऊ’

राजावादीसँग विप्लवहरुको निकट सम्बन्ध र हिमचिमका विषयमा भने विवप्लवले यो हल्लालाई भ्रमित भएको बताए । यद्यपी हरेक नागरिकसँग छलफल र बहस भने हुनसक्ने उनको भनाई छ । “हामीले संसदीय व्यवस्था र दलाल पूँजिवादी गष्णतन्त्रको विकल्पमा वैज्ञानिक समाजवाद नेपाली जनताको उत्तम व्यवस्था हो भनेर भन्दै र अग्रगामी निकासतर्फ लैजाने प्रयत्न गरिरहेका छौं ।” अनि हामीले उनीहरुसँग साँठगाँठ गरेको कुरा भ्रमित पार्न चलाइएको हल्ला मात्र हो ।”

राजावादीको नाम नलिइकन विप्लवले कुनै पनि व्यक्तिसँग छलफल भने हुनसक्ने बताए । “जहाँसम्म अन्य कुराहरु छन, राजनीतिक छलफलका कुरा छन, त्यो हरेक नागरिकसँग राजनीतिमा सम्बन्ध र छलफल खुल्ला हुन्छन भन्नेमा हामीलाई समस्या छैन ।” उनले भनेका छन् ।

वार्ताबारे सरकारमा दुई प्रवृत्ति

सरकारले विप्लवहरु वार्तामा आउन चाहेको छैन भन्ने भनाईको खण्डन गर्दै विप्लवले आफूहरुले इमान्दारितासाथ वार्तामा बस्न खोजेपनि सरकारले नै त्यो नचाहेको बताए । वार्ताका विषयमा सरकारभित्रै दुई खाले प्रवृत्ति त छैन भन्ने शंका लागेको बताउँदै उनले सरकारले वार्ता चाहने तर कसै अरुले वार्ता नचाहेर भाँडन खोजेको या सरकारले नै वार्ता नचाहेको त हैन भन्ने दुई फरक प्रवृत्ति देखिएको उनको भनाई थियो । “हामीले वार्ताको कुरा गरेका होइनौ, हामीले क्रान्तिको कुरा गरेका हौं, जनतालाई जुन धोका भयो त्यो धोकाको समाधान भनेको यो दलाल पूँजिवादी राज्यसत्ताको विरुद्दमा विद्रोह हो, एकीकृत जनक्रान्ति हो भनेर आन्दोलन गरेका हौं ।” उनले भनेका छन, “तर दलाल, राष्टघाती, भष्टाचारी र मानव तस्करलाई कार्वाही गर्दा राज्य अत्तालिएर हामीविरुद्ध दमन गर्यो । उसैले वार्ता गर्र्छौ पनि भन्यो । राज्यले इमान्दारितापूर्वक जनताका मुद्दामा केन्द्रीत भएर छलफल चाहेको हो भने हामी निरपेक्ष बिरोधी होइनौ भन्ने सोच्यौ । त्यो देश, जनताका पक्षमा हुनुपर्छ भन्ने छलफल चलायौ । बिभिन्न अनौपचारिक छलफल पनि भए ।”

याे पनि पढ्नुस  विप्लव समूहद्वारा झापामा सर्वसाधरणको घरसहित जग्गा कब्जा

अन्तर्वार्तामा विप्लवले अगाडि भनेका छनः

पछिल्लो दिनमा कार्यकर्ता मारिएपछि भने सरकारले कुटनीतिक सैन्य रणनीति अपनाउन खोजेको देखियो । जनतालाई भ्रमित पार्न वार्ताको कुरा गर्ने, भित्र चाहिँ दमन गर्ने रणनीति देखियो । एकातिर वार्ताको कुरा पनि गर्यो, अर्कोतर्फ व्यवहार हाम्रा जिम्मेवार कमरेडहरुलाई राजनीतिक गतिविधिमा भाग लिएको बेला समात्ने र जेलमा हाल्ने काम गर्यो । पछिल्लो समयमा मुठभेडका नाममा निहत्था कार्यकर्तालाई क्रूरतापूर्वक हत्या गरेयो ।

याे पनि पढ्नुस  रणनीति बदल्दै विप्लव समूह

यसले दुईवटा कुरा देखाएको छ । त्यहाँ या त दुई तीनवटा प्रवृत्ति छन् । केपी ओलीले वार्ता गर्न चाहेको होला तर अरुले असफल पार्न बिचमै सेबोटेज विध्वंस मच्चाएका छन । या फेरी राज्य स्वयम नै कुटनीतिक भाषामा वार्ता गर्ने तर व्यवहारमा दमन गर्नेमा प्रष्ट देखिन्छ ।

एक घण्टा बढी लामो अन्तर्वार्तामा विप्लवले शान्तिपूर्ण संघर्ष, एनसेलमाथि कार्वाही, नेपाल र छिमेकीबीचको सम्बन्ध र एकीकृत जनक्रान्तिका बारेमा चर्चा गरेका छन् ।

कमेन्ट गर्नुहोस्