मलंगवा । मिटर ब्याजमा सयाैं किसानलाई ठगेर उठिवास लगाउने खुँखार सामन्त श्याम परदेशीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
श्याम परदेशीले किसानहरुलाई मिटर ब्याजका नाममा बिचल्ली पारेपछि अन्यायमा परेका दर्जनाै किसान न्यायकाे माग गर्दै राजधानी अाएर माईतिघर मण्डलामा अनसन बसेका थिए ।
उनीहरुले नेकपा अध्यक्ष प्रचण्डलगायत सबैलाई भेटेर न्यायका लागि अपिल गरेका थिए । पीडितहरुकाे गुनासाे सुनेपछि अध्यक्ष प्रचण्डले जसरि पनि न्याय दिलाउन राज्यका संयन्त्रसँग पहल गर्ने बताएका थिए ।
“अाज हामी निकै खुशी भएका छाैं । सरकारले पीडितकाे माग सुनुवाई गर्याे ।” पीडितहरुलाई न्यायका लागि पहल गरेका सर्लाही नेकपा ईन्चार्ज डाचाराज वाग्लेले एभरेष्टदैनिकसँ भने, “अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजि श्रेष्ठ, गृृहमन्त्री राम बहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पाेखरेल, मिडियालगायत सबैप्रति अाभारि छाैं ।”
परदेशीलाई अाज साँझ मलंगवाबाट एसपी गाेपालचन्द्र भट्टराईकाे निर्देशनमा प्रहरिले पक्राउ गरेकाे हाे । परदेशीले ठगेकाे भन्दै रुक्मिणी चाैधरिलगायतले किटानि जाहेरि दिएका थिए ।
परदेशीले किसानलाई ब्याज दिएर उठिवास लगाएकाे विषयमा अाज राजधानीका अधिकांश मिडियाले विशेष सामग्रि प्रकासन गरेका थिए ।