Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जापानले नेपालबाट न्यून संख्यामा मात्र कामदार लैजाने

काठमाडौं ।  जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ ।

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ ।

जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाएअनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ । यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले पहिलो चरणमा न्यूनमा मात्राका नर्स र केयर गिभर लैजाने बताए । यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: