तीजको दिन कतिमा कारोबार हुँदैछ सुन?

काठमाडौंः  हरितालीका तीजको दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन त्यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्