एटीएम लुट्ने अर्का फ्रेन्च नागरिक एयरपोर्टबाट गिरफ्तार

काठमाडौं, एटीएम बुथबाट पैसा चोर्ने अर्का विदेशी पक्राउ परेका छन्। चिनियाँ मुलका फ्रेन्च नागरिक छु लुक्ली आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

लुक्ली महानगरिय प्रहरी परिसरले शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकका साथी रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनको साथबाट प्रहरीले ६ हजार अमेरिकन डलर बरामद गरेको छ।

याे पनि पढ्नुस  बैंक खाताका पासकोड ह्याक गरी करोडौं चोरी गर्ने पक्राउ

एटीएमबाट चोरेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ उनीहरुले विभिन्न मनि ट्रन्सफरमार्फत् साँटेको प्रहरीको अनुसन्धानले देखाएको छ। यसै अनुसन्धानको सिलसिलामा डेक्को मनि ट्रन्सफरका संचालक रविकुमार लामिछाने र नेपालय मनि ट्रन्सफरका संचालक रमेशकुमार श्रेष्ठलाई समेत पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिए।

याे पनि पढ्नुस  बैंक खाताका पासकोड ह्याक गरी करोडौं चोरी गर्ने पक्राउ

कमेन्ट गर्नुहोस्