श्याम प्रदेशीको सम्पत्तिसमेत छानबीन हुने

काठमाडौंः  मिटर ब्याजमा पैसा लगाएर सयौं किसानको बिचल्ली पारेका सामन्त श्यामकृष्ण साह ‘परदेशी’को सम्पत्तिको समेत छानबीन हुने भएको छ ।

परदेशीको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको हो । किसानहरुको जाहेरीका आधारमा परदेशीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  मिटर ब्याजीको जालो बन्दै धनगढी

आइतबार नै विभागले प्रहरीलाई पत्र लेख्दै उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न लागेको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अनुसन्धान गर्न आग्रह गरिएको जानकारी दिएको छ ।

विभागमा महानिर्देशक रुपनारायण भट्टराईका अनुसार ‘परदेशी’माथि प्रहरीले ठगीको अनुसन्धान गरेर मुद्दा दायर गरेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुनेछ ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड भेटेर सामन्त तथा सुदखाेर पीडित महिलाहरु रुन थालेपछि.. (भिडियाे)

‘अवैध रुपमा आर्जन भएका सबै सम्पत्ति जफत गर्ने गरी अनुसन्धान अघि बढाउँछौं,’ उनले भने,‘परदेशीका सबै सम्पत्ति रोक्का राखेर छानविन अघि बढ्छ ।’
पक्राउ परेका परदेशीबाट ४७ जना भन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए ।

कमेन्ट गर्नुहोस्