एटीएम काण्ड: कमजोरी या लापरबाही?

सचिन्द्र श्रेष्ठ । अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ। प्रायः बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थान बाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकलन मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो। यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छदै छ यसको जोखिम र लापरबाही पनि उत्तिकै बढेको छ।

बि.स.२०७३ साल कार्तिक जहाँ तिहार बिदाको अवसर पारेर हिमालय बैंकको एटीएम बूथबाट रोमानिया नागरिकलाई चोरी गरेकोमा पक्राउ गरियो। यस्तै गरी स्विफ्ट ह्यकिंग गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो।

सन् १९६७ जुनमा जोन शेफर्ड बार्रोंनले एटीएमको आबिश्कार गरे सँगै संसार भर सानो या ठुलो देश जहाँ तहि फैलिएको छ।बास्तबमा एटीएम (अटोमेटेड टेलर मेशीन) भनेर भनिन्छ।अहिले आएर एटीएमको सहजता सँगै यसले पारेको प्रभावमा समेत थप जोखिम भएका कारण यसको निराकरण तर्फ राज्य एबं बैंकिंङ सस्थाहरु लाग्नु पर्दछ।

प्रायः ह्याकर संसार मा १०० वटा बैंक तथा बित्तीय सस्थामा स्विफ्ट ह्यकिंग द्रुत रकम प्रबाह सेवा लिई चोरी गर्ने चलन बढ़ी भएको र बिश्व भर बैंकिंङ प्रणालीमा रकम भुक्तानि सुबिधा दिने स्विफ्ट बिस्वसिलो सस्था पनि हो।

पटक–पटक हुने एटीएमको दुरूपयोग, हैकरले ह्यकिंग गरी एक बाट अर्को बैंक खातामा गर्ने ट्रांजेक्शन अहिले देश बिदेशका बैंकिंङ सेक्टरलाई थप चुनौती खडा गरेको छ। जसका कारण मानिसले बैंक प्रति बिस्वास क्रमशः गुमाउदै आएको छ किनकी आफुले जम्मा गरेर बचत गरेको रकम अन्यले लूटने या चोरेर लैजान सक्ने समस्या भएको हुदा मानिस बैंक को भर पर्न छोड़ी सकेको छ ।

यसको पछिल्लो उदाहरण बिदाको अवसर पारी एनआईसी एशिया,जनता बैंक, प्रभु, ग्लोबल आईएमई,सनराइज बैंक जस्ता बैंक बाट चोरी गरी रहेको अवस्थामा ५ जना चिनिया नागरिक पक्राउ परे सँगै आम बैंक, बित्तीय सस्था प्रति औला ठंडाउने र प्रश्न गर्नेको ताती देख्न सकिन्छ।

एटीएमबाट चोरी हुने वा अन्य बैंक खातामा ट्रान्सफर गर्ने घटना यो मात्र नौलो र पहिलो पक्कै होइन। बि.स.२०७३ साल कार्तिक जहाँ तिहार बिदाको अवसर पारेर हिमालय बैंकको एटीएम बूथबाट रोमानिया नागरिकलाई चोरी गरेकोमा पक्राउ गरियो। यस्तै गरी स्विफ्ट ह्यकिंग गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो।

उत्तर कोरियाली ह्याकर समुह लजारस ग्रुपले २०७४ मा नेपालको एक बाणिज्य बैंकको साढे ४६ करोड भन्दा बढी रुपैया चोरी गरेको थियो। बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो।

सन् २०१६ मा सेन्टर बैंक अफ़ बंगलादेशमा स्विफ्ट ह्यकिंग गरी बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड़ अमेरिकी डलर चोरी गर्यो। प्रायः ह्याकर संसार मा १०० वटा बैंक तथा बित्तीय सस्थामा स्विफ्ट ह्यकिंग द्रुत रकम प्रबाह सेवा लिई चोरी गर्ने चलन बढ़ी भएको र बिश्व भर बैंकिंङ प्रणालीमा रकम भुक्तानि सुबिधा दिने स्विफ्ट बिस्वसिलो सस्था पनि हो। सन् १९७० बाट बिश्वभर स्विफ्ट कार्ड (सोसाइटी फर वर्ल्डवाइड इंटरबैंक फाइनानसियल टेलिकम्युनिकेशन) प्रयोग गर्न थालिएको हो।

उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले २०७४ मा नेपालको एक बाणिज्य बैंकको साढे ४६ करोड भन्दा बढी रुपैया चोरी गरेको थियो। बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो। यसले गर्दा हरेक नेपालीको मनमा एक पटक पुनःढ़्याङग्रो ठटाउन बाध्य बनायो। आखिर बिस्वास गर्ने के को बैंक की राज्य जो दुबै बाट असुरक्षित छ।

ह्याकर बाट हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साइबर सेक्युरिटी अडिट अनिबार्य गरेको पनि छ तर अहिलेको यस्तो घटनाले गर्दा बैंकको लापरबाही हो या राज्य को कमजोरीले यस्ता घटना घटेका छन यो सोचनीय बिषय रहेको छ आम मानिसमा ।

बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो। यसले गर्दा हरेक नेपालीको मनमा एक पटक पुनःढ़्याङग्रो ठटाउन बाध्य बनायो।

अन्त्यमा चोरी गर्नेलाई पक्रेर वा केहि धरौटी लिई छोड़ी दिने जुन परम्परा छ त्यसको सदा अन्त्य गर्ने हो । चोरी हुन नदिन के गर्न सकिन्छ र आम मानिसहरुको रकम सुरक्षित कसरी हुन्छ त्यसलाई सोचेर एटीएम मार्फ़त हुने चोरी ठगीमा हामी पनि यसको प्रयोग कसरी गरेका छौ र यस बाट हामीले कस्तो खालको लाभ लिन सकिने हो यसको सदुपयोग गर्ने की नगर्ने, जहाँ अहिले साइबर अपराधको शिकार बन्न हामी आफै लालयित त छैनौ यस तर्फ ध्यान दिएर बैंक र राज्यले पनि आगामी दिनमा यस्ता खालका अपराध बाट टाढा रहन के कस्तो खालको आधुनिक उपकरण, टेक्नोलोजी, आईटी बिशेषज्ञको आवस्यक छ त्यस तर्फ सोचेर कदम चालनु पर्ने देखिन्छ। अस्तुः

कमेन्ट गर्नुहोस्