विराटले रचे इतिहास, तोडियो धोनीको कीर्तिमान

काठमाडौंः  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्को नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले नेतृत्व गरेको टिमले वेस्ट इन्डिजसँगको टि–२०, वानडे र टेस्ट सिरिज ‘क्लिन स्विप’ गरेपछि विराटले अर्काे नयाँ उपलब्धि हासिल गरेका हुन् ।

सोमबार टेस्ट सिरिजमा वेस्ट इन्डिजलाई २–० ले हराउँदै विराट भारतको तर्फबाट सबैभन्दा बढी टेस्ट म्याच जिताउने कप्तान बनेका छन् ।

याे पनि पढ्नुस  वानडे सिरिजः टस हारेर ब्याटिङ गर्दै भारत, प्लेइङ ११ मा को–कोले पाए मौका?

यसअघि यो रेकर्ड महेन्द्रसिंह धोनीको नाममा थियो । धोनीले ६० टेस्टमा २७ खेलमा जीत हासिल गरेका थिए । विराटले भने ४८ खेलमा २८ टेस्ट जित्दै यो उपलब्धि हासिल गरे । सबैभन्दा बढी टेस्ट जिताउने भारतीय कप्तान

कमेन्ट गर्नुहोस्