फेरि बढ्यो सुनको भाउ

काठमाडौंः आज सुनको मूल्य पाँच सयले बढेर ७२ हजार ५ सय पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य ७२ हजार थियो।

यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ। मंगलबारको लागि प्रतितोला तेजावी सुनको मूल्य ७२ हजार २ सय कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुदाँ नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भइरहेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५ सय २५ अमेरिकी डलरको आसपास छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चाँदीको मूल्य ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्