मिडियाले धनीका अपराध दबाउँछन्, गरीबका अपराध उचाल्छन्ः कार्ल मार्क्स

कार्ल मार्क्स विश्वविख्यात चिन्तक तथा दार्शनिक हुन्। उनले समकालीन समाजलाई टाउकाले टेकेको समाजको संज्ञा दिए। समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ।कार्ल मार्क्स एक असल चिन्तक मात्र थिएनन्, एक सामाजिक चिन्तक र भावुक स्वाभावका व्यक्ति पनि थिए। संसारको भलाइमा उनका विचारहरूको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ।

१. बालबालिकालाई पढाउनुपर्छ– केही मानिसहरूले यो कुरालाई एउटा भनाइका रूपमा मात्र लिन सक्छन्। तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखिरहेका बेला माक्र्सले बालश्रमको चर्चा गरेका थिए।

अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१६ को तथ्याङ्क अनुसार अहिले पनि संसारमा १० मध्ये एक बच्चा बालश्रमिक छन्। धेरै बालबालिकाहरू कलकारखाना छाडेर विद्यालय जानुमा मार्क्सको ठूलो देन छ।

‘द ग्रेट इकोनोमिस्ट’ पुस्तककी लेखिका लिण्डा यू भन्छिन्, ‘सन् १८४८ मा जारी मार्क्सको घोषणापत्रमा बालबालिकालाई निजी विद्यालयमा निःशुल्क शिक्षा दिइनुपर्ने कुरा १० बुँदामध्ये एउटा थियो। कलकारखानामा हुने बालश्रममाथि रोक लगाउनुपर्ने कुराको पनि त्यसमा चर्चा गरिएको थियो।’

२. आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ– के तपाई हप्ताको सात दिन काम गर्नुहुन्छ ? कामका बेला खाजा–खाना खाने समय लिनुहुन्छ ? एउटा निश्चित उमेरपछि तपाई सेवा निवृत्त हुन र निवृत्तिभरण पाउन चाहनुहुन्छ ? यदि तपाईको जवाफ सकारात्मक छ भने तपाई मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ।

याे पनि पढ्नुस  कञ्चनपुरमा आइतबार बढी अपराध !

लण्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक माइक साभेज भन्छन्, ‘पहिला पहिला लामो समयसम्म काम गर्न भनिन्थ्यो। तपाईको समय तपाईको हुँदैन थियो र तपाई आफ्नो जिन्दगीका लागि सोच्न पाउनु हुँदैन थियो।’

पुँजीवादी समाजमा मान्छेलाई बाँच्नका निम्ति उनीहरूको श्रमलाई कसरी वाध्यता बनाइनेछ भन्नेबारे मार्क्सले लेखेका थिए। उनका अनुसार मानिसहरूलाई अधिकांश समय उनीहरूको परिश्रम अनुसारको पारिश्रमिक दिइने गरिएको थिएन र उनीहरूमाथि शोषण गरिएको थियो।

मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस्। उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस्।

साभेज भन्छन्, ‘वास्तवमा मार्क्स भन्छन् हामीले हाम्रो जीवन यसरी जिउनुपर्छ कि जसको मूल्याङ्कन कामले नगरियोस्। एउटा यस्तो जीवन जसको मालिक हामी आफैँ होऊँ, जहाँ हामी आफैँले यो कुराको निर्धारण गर्न सकौँ कि हामी कसरी जिउन चाहन्छौँ। आजकाल यही सोचका साथ मानिसहरू जिउन चाहन्छन्न्।’

३. रूचि अनुसारको काम गर्न पाउनुपर्छ– आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुशी मिल्छ। तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ। यी कुराहरू अरूले नभई स्वयं माक्र्सले भनेका हुन्।

याे पनि पढ्नुस  कञ्चनपुरमा आइतबार बढी अपराध !

सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा मार्क्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए। तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए। उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ। अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुशी मिलोस्।

४. भेदभावको विरोध गर्नुपर्छ– यदि समाजमा कोही खराब छ, यदि तपाईँलाई लागेको छ कि कसैप्रति अन्याय, भेदभाव वा गलत भइरहेको छ भने तपाई त्यसको विरोध गर्नुस्। तपाई संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस्। संगठित विरोधका कारण कैयौँ देशको दिशा बदलिएको छ।

विभिन्न प्रकारका भेदभावविरूद्ध कानून बनोस्। लण्डनमा हुने मार्क्सवादी कार्यक्रमका आयोजक मध्येका एक लुइस निल्सन भन्छन्, ‘समाजलाई बदल्न क्रान्ति आवश्यक हुन्छ। हामी समाजको राम्रोका लागि विरोध प्रदर्शन गर्छौँ। यसरी सर्वसाधारणले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन्।’

मार्क्सको व्याख्या एक दार्शनिकको रूपमा गरिन्छ। तर निल्सन यो कुरासँग असहमत छन्। उनी भन्छन्, ‘उनले जे लेखे र गरे त्यो एउटा दर्शन जस्तो लाग्छ। तर जब तपाई उनको जीवन र कामलाई नजिकबाट नियाल्नुहुन्छ तब तपाई महसुस गर्नुहुन्छ कि उनी एक अभियानकर्मी थिए। उनले अन्तर्राष्ट्रिय कामदार संघको स्थापना गरे। उनी गरीबहरूसँगै हड्तालमा सहभागी भए।’

याे पनि पढ्नुस  कञ्चनपुरमा आइतबार बढी अपराध !

‘महिलालाई मतदानको अधिकार कसरी प्राप्त भयो ? यो अधिकार संसद्का कारण नभइ महिलाहरू संगठित भएर विरोधमा उत्रिएकाले पाए। काम गर्नेहरूले साप्ताहिक बिदा कसरी पाए? मजदुरहरू संगठित भएर हड्तालमा उत्रिएकाले पाए।’

५. सञ्चार माध्यममाथि निगरानी राख्नुपर्छ– सरकार र ठूला व्यापारिक घरानाले साठगाँठ गरे तपाईलाई कस्तो लाग्ला ? व्यापारिक प्रतिष्ठानले तपाईका सबै जानकारी सरकारलाई उपलब्ध गराइदिए के तपाई आफूलाई सुरक्षित महसुस गर्नुहुन्छ ? १९ औँ शताब्दीमै मार्क्सले यस्तो महसुस गरेका थिए।

हुन त त्यो बेला सामाजिक सञ्जालहरू थिएनन्, तथापि मार्क्स पहिलो व्यक्ति थिए जसले त्यस्तो साठगाँठको व्याख्या गरे। ब्वेनस आइरिज विश्वविद्यालयका प्राध्यापक भालेरिया वेघ वाइस भन्छन्, ‘मार्क्सले त्यतिबेलै सरकार, ब्याङ्क, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेन्टहरूबीचको साठगाँठबारे अध्ययन गरे।’

उनी थप्छन्, ‘मार्क्सले सञ्चार माध्यमको शक्ति बुझेका थिए। मानिसहरूको सोचाइ प्रभावित गर्नका लागि सञ्चार माध्यम उपयुक्त माध्यम थिए। आजकल हामी झुटा समाचारका कुरा गर्छौँ। तर, मार्क्सले उहिल्यै यस्तो कुरा बताइसकेका थिए।’

‘मार्क्सले त्यतिबेला प्रकाशित हुने गरेका लेखहरूको अध्ययन गर्दथे। उनी यो निष्कर्षमा पुगेका थिए कि गरीबहरूले गर्ने अपराधलाई सञ्चार माध्यमले ठूलो स्थान दिन्छन्, जबकि नेताहरूले गर्ने अपराधको घटनालाई दबाउँछन्।’

कमेन्ट गर्नुहोस्