बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

गुवाहाटी । गएसाता सफदरगन्ज अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव चुलिएको घटना सेलाउन नपाउँदै भारतको पूर्वी राज्य असाममा डरलाग्दो घटना घटेको छ । आसाममा बिरामीको मृत्यु पछि आक्रोशित भिडले आक्रमण गर्दा एक डाक्टरको नै ज्यान गएको समाचार छ ।

गत शनिबार भारतको असमको जोरहटस्थित चियाबगानसंगै रहेको टि स्टेट अस्पतालमा कार्यरत ७३ बर्षीय डाक्टर देवेन दत्ताको ज्यान गएको थियो।

चिया बगानमा कार्यरत ३२ बर्षीय सोमरा माझीको उपचारका क्रममा निधन भएपछि आक्रोशित भिडले डाक्टर दत्तामाथि आक्रमण गरेको थियो । आक्रमणमा उत्रिनु अघि उनीहरुले डा दत्ता माथि उपचारमा गरेको आरोप लगाएका थिए ।

शुरुमा डाक्टर विरुद्ध नाराबाजी गरेको थियो तर एकै छिनमा सो भिडले हातपात गर्न थाल्यो । डाक्टरमाथि शिशा प्रहार हुन थाल्यो । टाँउको गम्भीर चोटका उनको मृत्यु भयो राज्य पुलिस अधिकारीले आइतबार भनेका छन् ।

याे पनि पढ्नुस  पूर्वी चितवनमा बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

बिरामीलाई अस्पतालमा ल्याएका बेला डा दत्ता अस्पताल थिएनन् । उनी दिउसोको खानाका लागि अस्पताल भन्दा केही पर थिए । बिरामी आएको जानकारी पछि उनले आफ्ना दुई असिस्टेन्टलाई उपचार शुरु गर्दै गर्न निर्देशन दिएका थिए । उनले उक्त विरामीलाई नाम तोकेर इन्जेक्सन दिन समेत अह्राएका थिए ।

डा दत्ता खाना खाएर अस्पताल आई उपचार शुरु गर्दा नगर्दै माझीको ज्यान गयो ।

‘एकै छिनमा भिड जम्मा भयो, डाक्टर दत्ताको ढिलाईले ज्यान गएको हो भन्ने हल्ला चलाईएछ र उनीमाथि भौतिक आक्रमण भएछ,’ जोरहट प्रहरी चौकीका इन्चार्ज निम्वाल्कर भैवह चन्द्रकान्तले भने, ‘हामीले उद्धार गरी थप उपचारका लागि जोरहट अस्पतालमा लैजादै थियौँ तर बाटोमै ज्यान गयो । उनको टाउको र खुट्टामा गम्भीर चोट थियो ।’

याे पनि पढ्नुस  जङ्गली च्याउ खाँदा मृत्यु

घटना पछि प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको छ । यता असम प्रहरी प्रमुख कुलाधर सैकियाले थप अनुसन्धान तथा कारवाहीका लागि इन्सपेक्टरको नेतृत्वमा एक टोली जोर्हाट पठाएका छन् ।

यता चिया बगानले निकालेको विज्ञप्तीमा चिकित्सकलाई जोगाउने क्रममा आफ्ना एक अधिकारी पनि सख्त घाइते भएको उल्लेख गरेको छ । उसले घटनामा केही कामदारहरु केही गैर कामदार र केही बाहिरी व्यक्तिहरुको घुसपैठ भएको दावी गरेको छ । घटनापछि सो चिया बगान बन्द गरिएको छ ।
यता भारतीय मेडिकल एसोसिएशनको असम शाखाले डा दत्ताको मृत्युलाई हत्या भनेको छ । उसले सो चिया बगानमा पछिल्लो समय चिकित्सकमाथि यस्ता हिंसा बढदै गएको भन्दै यो घटना तेस्रो घटना भएको बताएको छ । उसले घटनाको विरोधमा मंगलबार ९आज०देखि २४ घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

याे पनि पढ्नुस  हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जोरहट जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी सुभान गोवालको संयोजकत्वमा छानवीन टोली गठन गर्दै ७ दिन भित्र प्रतिवेदन बुझाउन भनेको छ ।

कमेन्ट गर्नुहोस्