गाईसँग सेक्स गर्दै गर्दा ६८ वर्षीय पुरुष रङ्गेहात पक्राउ (तस्वीर)

बैंकक, नेपालमा दर्जनौं गाई मारेको विषयले चर्चा पाइरहेको बेला थाइल्याण्डका मिडिया पनि गाईमाथि शोषणको खबर चर्चामा छ ।

एकजना बृद्ध व्यक्तिले गाईसँग यौनसम्पर्क गर्दै गरेको अवस्थामा पक्राउ परेपछि अहिले यो विषय विश्वका बिभिन्न मिडियाले चर्चामा ल्याएका हुन ।
मनून बुन्जिन नाम गरेका ६८ वर्षीय व्यक्तिलाई दक्षिण थाइल्याण्डको सोन्ख्ला गाउँमा गाईसँग सम्पर्कै गर्दै गरेको अवस्थामा स्थानीयवासीले पक्राउ गरेका थिए ।

स्थानीय प्रहरीलाई खबर गरेपछि उनलाई निकै कम सजाय करिब हजार रुपैयाँ लिएर छोडिएको समाचारमा छ ।

दुई वर्षे गाई (बाच्छो)लाई ती व्यक्तिले कैयनपटक सेक्स गरेको गाईका मालिकले बताएका छन् ।

गाईलाई कुनै मानिसले नै यौन सम्पर्क गरिरहेको कुरा गाई मालिकले घटना सार्वजनिक हुनु अघि नै छिमेकीलाई बताउँदै आएका थिए । तर कसले यस्तो गरिरहेको छ भन्ने खुलेको थिएन । तर यो विषयमा चियो गर्दै जाँदा ती ६८ वर्षीय व्यक्तिले यो कर्तुत गर्दैै आएको खुलासा भएको हो

ती व्यक्तिलाई नांगो अवस्थामा पक्राउ गरिएको थियो । तर पक्राउ पर्दा समेत ती नांगो व्यक्तिले आफू वनष्पतिको खोजीमा आएको तर सेक्स नगरेको भन्न थालेको समाचारमा छ ।

थाइल्याण्डमा पशु करणीसम्बन्धी कानुन नभएको हुँदा सार्वजनिक स्थलमा नग्नता प्रदर्शन गरेको आरोपमा उनलाई निकै कम सजाय (३ सय भाट अर्थात करिब एकहजार नेपाली रुपैयाँ) लिएर छोडिएको छ ।

कमेन्ट गर्नुहोस्