चलचित्र ‘साहो’माथि स्क्रिप्ट चोरीको गम्भीर आरोप

मुम्बई । दक्षिण भारतका सुपरस्टार प्रभास र श्रद्धा कपूर अभिनित चलचित्र साहोले अहिले बक्स अफिसमा निकै उत्कृष्ट कमाई गरिरहेका छ ।
चार दिनमा नै चलचित्रको हिन्दी संस्करणले ९३ करोड भन्दा बढीको कमाई गरिसकेको छ । फिल्मको विश्वव्यापी कलेक्सनको कुरा गर्दा करिब २९४ करोडको कमाई भएको छ ।

तर अहिले भने चलचित्र एउटा गम्भीर संकटमा परेको छ ।

यो संकट चलचित्रको स्क्रिप्ट चोरीको रहेको छ । यसअघि अभिनेत्री लिजा रेले साहोको एउटा पोष्टर शेयर गर्दै निर्मातामाथि चोरीको आरोप लगाएकी थिइन । तर अहिले भने एकजना फें्रन्च निर्देर्शक चलचित्रको स्क्रिप्ट चोरीको आरोप लगाएका हुन ।

फ्रेन्च निर्देशक जेरोमी स्याल्लेले एउटा ट्विट गर्दै साहोको कथा उनको चलचित्र लार्गो भिन्चुबाट कपि गरिएको आरोप लगाएका छन् ।

जेरोमीले ट्विटमा लेखेका छन, “मलाई भारतमा मेरो क्यारिअर छ जस्तो लाग्छ ।” त्यसपछि उनले सेप्टम्बर १ तारिखका दिन एउटा अर्को ट्विट गरे । त्यसको लेखे, “मलाई लाग्छ, लार्गो भिन्चको यो दोश्रो फ्रिमेक पहिलो जस्तै खराब छ । तेलगु निर्देशकहरु, यदि तपाई मेरो काम चोर्नुहुन्छ भने कम्तीमा यसलाई राम्रोसँग त गर्नुस् ।”

साहोमा प्रभास र श्रद्धा कपूरका अतिरिक्त जैकी श्राफ। नील नितिन मुकेश, चंकी पाण्डे, मन्दिरा बेदी र महेश मान्जेरकर मुख्य भूमिकामा छन् ।

कमेन्ट गर्नुहोस्