भारतमा नयाँ ट्राफिक नियमले मच्चायो हंगामा, गाडीको मूल्यभन्दा बढी जरिवाना रकम

नयाँ दिल्ली । भारतमा नयाँ मोटर भेहिकल एक्ट लागू भएपछि ठूलो हंगामा मच्चिएको छ ।

नयाँ नियम लागू भएपछि हिजो सय रुपैयाँमा काटिने चालान अब हजारौं भएको छ ।

ट्राफिकका नियम उल्लंघन गर्दा यति ठूलो सजाय पाउने यो पहिलो पटक हो ।

स्थित कति सम्म छ भने अहिलेको जरिवाना हेर्दा बाईक र स्कुटरको मुल्यभन्दा बढी चालान रकम काटिन थालेको छ ।

नवभारत टाईम्सका अनुसार मंगलबार मात्रै दिल्लीका एकजना स्कुटर सवार यात्रुले ट्राफिक नियम उल्लंघन गर्दा २३ हजार भारतीय रुपैयाँ जरिवाना तिरेका छन् । जबकि ती युवकले १५ हजारमा स्कुटर किनेको बताएका छन् ।

यसैगरी एकजना अटो चालकले भने घद्द हजार भारतीय रुपैया जरिवाना तिर्न परेको छ ।

दिल्लीको गीता कोलनशिका दिनेश मदानले बताए अनुसार, उनको स्कुटर मूल्य नै १५ हजार छ । जबकि उनलाई २४ हजारको चालान रसिद थमाईएको छ । उनी बिना हेल्मेट र कागजात स्कुटर चलाइरहेको बेला ट्राफिक प्रहरिले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्