सुटिङस्थलमा मनिषाले चाहत खन्नालाई ५ चोटी थप्पड हानेपछि…

मुम्बई, लामो समयदेखि चलचित्र उद्योगमा व्यस्त नदेखिएकी मनिषा कोइरालाको नयाँ चलचित्र रिलिज हुँदै छ । आगामी सेप्टेम्बर २० तारिखका दिन रिलिज हुने ‘प्रस्थानम’ भन्ने चलचित्र छायांकनका बेलाको एउटा रोचक खबर अहिले चर्चामा छ ।

मनिषा कोइराला र चाहत खन्नाले काम गरिरहेको सन्जय दत्तको फिल्म ‘प्रस्थानम’ मा चाहतलाई मनिषाले थप्पड हान्नु पर्ने दृश्यका बारेमा अहिले चर्चा भउको हो ।

स्क्रिप्ट अनुसार, मनिषाले चाहतलाई थप्पड हान्नुपर्ने भएपनि उनले ठिक समयमा चाहतलाई थप्पड हान्न सकिनन् । भारतीय मिडियामा छापिएका समाचारअनुसार यो सिन सुट गर्न मनिषालाई मानसिक रुपमा पनि तयार हुनु पर्ने थियो । त्यसैले यसका लागि पाँच पटक रिटेक लिइयो । सन्जय दत्तकी पत्नी मान्यता दत्त निर्माता रहेको यो फिल्ममा सन्जय दत्त, ज्याकी श्राफलगायतले पनि काम गरिरहेका छन् । यो २० सेप्टेम्बरमा रिलिज हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्