१०८ वजनबाट ६३ किलो बनाउन सफल भइन यी मोडेल, के के गरिछन् त ?

काठमाडौं, तौल बढनु महिला र पुरुष दुबैका लागि सबैभन्दा बढी तनावको विषय बनेको हुन्छ ।

तौल घटाउनकै लागि कैयन कसरतदेखि सामानहरुको समेत प्रयोग गर्ने गरेको पाइन्छ ।

यसरी केही किलो तौल घटने भएपनि एकैचोटी चालिस किलोभन्दा बढी तौल घटाएको सुन्दा भने अचम्म नै लाग्छ ।

रोजी मर्क्याडो नामकी मोडलले पनि मोटी भएकै कारण मोडलिङ गरिरहेकी थिइन्। मोटा महिलाका लागि उनी बिज्ञापन गर्थिन्। मोटो भएर राम्रै काम पाइरहेपनि उनलाई जीवनदेखि खुशी मिलेन। उनले मोटोपन घटाउने प्रण गरिन्। कुनै समय १०८ किलो वजन भएकी उनी अहिले ६३ किलोकी छिन्। उनले ४५ किलो वजन घटाइन्।

के गरिन् त ?
उनका अनुसार उनले जुम्बा र दौडने काम सबैभन्दा धेरै गरिन्। डायटिङ पनि गरिन्। खानामा धेरै सागसब्जी खाइन्। पेय पदार्थमा सक्दो प्राकृतिक र अग्र्यानकि रोजिन्।

‘एक्सरसाइज त केही समय कडा गर्नैपर्यो,’ उनी भन्छिन्, ‘जुम्बा एक प्रकारको एरोबिक्स डान्स हो। जहाँ संगीतसँगै नाँचिन्छ। असिनपसिन भएपनि रमाइलो लाग्छ र नाँच्न मन लागिरहन्छ। त्यसैले सुरुमा एक्सरसाइज गर्ने बानी पार्न यसले सघायो।’

उनका अनुसार जुम्बा गुरुले भने अनुसार नै डान्स गर्ने हो भने एक घण्टामा ४०० देखि ६०० सम्म क्यालोरी नाश गर्न सकिन्छ। यसले शरीरको ब्लडप्रेसर ठीक राख्छ र हड्डीलाई पनि मजबुत बनाउँछ। यो डान्सको खासियत भनेको शरीरका सबै भागमा एक्सरसाइज पुग्नु हो।

किन घटाइन् त ?
उनलाई पहिलो कुरा त मोटोपनकै कारण रोगव्याधि बढ्न पीर थियो। दोस्रो एकदिन यस्तो घटना घट्यो कि जसले उनलाई अपमानित महशुस गरायो। उनी भन्छिन्, ‘एकदिन म प्लेन टिकेट लिन गएँ। मेरो शरीर हेरेर टिकट काउन्टरवालाले दुईटाको पैसा मागे।’ उनले प्रतिवाद त गरिनन् तर पछि लाज लाग्यो रे। त्यही बेला उनले प्रण गरिन्– म वजन घटाएरै छाड्छु।

उनी तीन बच्चाकी आमा बनिसकेकी छिन् भने उमेर ४०। यो उमेरमा यसरी शरीरलाई नाटकीय ढंगबाट परिवर्तन गर्नु सहज थिएन तर उनलाई लाग्छ, ‘चाह्यो भने गर्न सकिन्छ। मैले सकें। अरु पनि सक्छन्। मोटोपन एउटा ठूलो लज्जाको विषय हो।’

उनले मोटोपन घटाएपछि मीठाई, सोडा र धेरै कार्बाेहाइड्रयुक्त खानेकुरा खान छाडेकी छिन्। उनको वजन घटाउने एउटा सजिलो टिप्स छ, ‘जति भोक लागेपनि अलि घटाएर खानुहोस्। विस्तारै कम खाने बानी पर्छ। जुन स्वास्थ्यका लागि राम्रो हो।’

कमेन्ट गर्नुहोस्