प्रा.वि तहको नतिजा सार्वजनिकः पहिलो दिन २ जिल्लाको नतिजा आयो (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ ।

आयोगले पहिलो दिन २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक गरेको छ । बुधबार आयोगले सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  निमावि तहको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक सुरु (नामसहित)

बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो ।

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्