तीज सकिएसँगै सुनको मूल्य घट्यो

काठमाडौंः  नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलमा २ सय रुपैयाँ घटेको छ ।

बुधबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँ रहेको छापावल सुन आज तोलामा एक सय रुपैयाँ घटेको हो ।

आज सुन ७३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँ कायम गरिएको छ । तेवावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँ कायम रहेको छ ।

सुनको मूल्य घटेको भएता पनि चाँदी भने बुधबारको मूल्यमा स्थिर प्रतितोला ९४० नै रहेको छ ।

कमेन्ट गर्नुहोस्