५ वर्षिया बाल गायिका विशेषता पराजुलीको दशैँ गीत ‘रातो टिका जमरा’ (भिडियोसहित)

काठमाडौं : ५ वर्षिया बाल गायिका विशेषता पराजुलीको दशैँ गीत ‘रातो टिका जमरा’ सार्वजनिक भएको छ । प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली, गायक विश्वास पराजुली, माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक गीत सार्वजनिक गरिएको हो ।

परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्यबीचको भोगाईलाई गीतमा समेटिएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुशी साटासाट गर्नको लागि आफ्नोे जन्मभुमीमा आउनको लागी गायक निकै आतुर रहेका छन् । छोरीले आफनो हृदयको प्यारो बावुलाई भेटन पाउदा आफू खुशी हुनेमा आशावादी रहेकी छन् ।

छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतमा रहेको छ । गीतमा रविन बजगाईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ । ‘रातो टिका जमरा’ गीतको भिडियोमा विशेषता पराजुली, माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्