कुरुप बन्दै सम्पदा बस्ती, सौन्दर्य गुम्ने खतरा

चरिकोटः  धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याएर दोलखाको आर्थिक विकासमा टेवा पुर्याउने प्राचीन नगरी ‘द्वाल्खा’ सम्पदा बस्तीको रुपमा स्थापित भए पनि पुननिर्माणमा ध्यान नदिँदा मासिने अवस्थामा पुगेको छ ।

वि।सं। २०७२ सालको भूकम्पले क्षति पुर्याएको भीमेश्वर नगरपालिका–२ स्थित द्वाल्खा नगरका धार्मिक, सांस्कृतिक र मौलिक सम्पदाहरुको पुननिर्माणमा गरिएको लापरबाहीले यो बस्ती कुरुप हुने खतरा उन्मुख भएको हो ।

प्रसिद्ध दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी, बालकुमारी, तलेजु भवनी, स्वयम्भू स्तुपा, देवीदेवताका मठ मन्दिर, डबली, बाटोघाटो, जात्रा मार्गहरु, पाटी, पौवाहरु कुरुप हुँदै गएका छन् । स्थानीय धर्म संस्कृति र तीनलाई सञ्चालन गर्ने गुठी, निजी स्वामित्वको कुल्यान लगायतले यो नेवारी बस्तीलाई सम्पदा बस्तीको रुपमा परिभाषित गरे पनि पुननिर्माणका क्रममा कुरुप बनाउने कार्यहरु भइरहेका छन् ।

पुरानै शैलीबाट पुननिर्माण भएको भए यो बस्तीको अस्तित्व रहन्थ्यो तर अहिले नयाँ ढाँचाका घरहरु मन लागि बनाउँदा सम्पदाहरु मासिएको भीमेश्वर नगरपालिका –२ द्वाल्खाका संस्कृतिकर्मी तीर्थनारायण जोशीले बताए । उनले केही प्रसिद्ध मठ मन्दिरको पुननिर्माण पौराणिक ढाँचामा भइरहे पनि प्राचीन बस्तीको पुननिर्माणमा ध्यान नदिँदा सम्पदा बस्ती जोखिममा परेको बताए ।

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

पुरातत्व विभागको निगरानीमा अहिले भीमेश्वर मन्दिरको भण्डार घर त्रिपूरासुन्दरी, तलेजु भवनी मन्दिर, कोविदेउ, दुंगल सेङ नारायण मन्दिर, पिङ्गल महादेव मन्दिर, कोर्छे नारायण मन्दिर लगायतका मठ मन्दिर पुननिर्माण भइरहेका छन् । यस्मा अधिकांशको पुननिर्माण सम्पन्न भएको छ भने केही निर्माणाधीन अवस्थामा छन् ।

तर यतिले मात्रै सम्पदा बस्ती पूर्ण नहुने भीमेश्वर गुठी तथा पुजा व्यवस्था समितिको अध्यक्ष भरत श्रेष्ठले दुखेसो पोखे । सातौं शताब्दीमा राजा नरेन्द्र देवको पालादेखि नेपाल–भोट व्यापार सम्बन्ध भएको प्राचीन द्वाल्खालाई यति कुरुप बनाउलान् भनेर आफूले नसोचेको उल्लेख गर्दै उहाँले राजा जयेन्द्रसिंह देवले नेपालमै पहिलोपटक मुद्राको चलन ल्याएका पौराणिक द्वाल्खा नगरलाई कुरुप बनाएमा सिंगो राष्ट्रलाईनै घाटा हुने चेतावनी दिए ।

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

चरिकोट स्थित भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका अनुसार द्वाल्खा सम्पदा बस्तीभित्र एकल स्वामित्वको एकसय र बहु स्वामित्वको १४८ गरी दुई सय ४८ घर बन्नुपर्ने थियो । तर समयमै बहुस्वामित्वको कार्यविधि नबन्दा पहिलाका बहु स्वामित्वको घरहरुलाई समेत एकल स्वमित्वमा निर्माण हुँदा हाल १०५ एकल स्वामित्वको घरहरु बनिसकेका छन् भने ९३ वटा बन्दैछ ।

चारसय रोपनीमा फैलिएको सम्पदा बस्तीमा एकल स्वामित्वको घर संख्या बढेर ३३८ पुगिए पनि ८ परिवारसम्म बस्ने दुईसय वर्ष भन्दा पुराना बहुस्वामित्वका पौराणिक महत्वका घरहरु मासिएपछि यो बस्ती अहिले संकटमा परेको भीमेश्वर गुठी तथा पुजा व्यवस्था समितिका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । उहाँले बस्नका लागि घरहरु बने तापनि परम्परागत र मैलिकता मरेका घरहरुले प्राचीन नगरी द्वाल्खालाई कुरुप बनाएको गुनासो गरे ।

पुननिर्माणमा भएको ढिलाईका कारण ८० प्रतिशत बहुस्वामित्वको घरहरु त अझैं अलपत्र छन् । मौलिक ढाँचाविना बनाइएका भुईंतल्ले दुइकोठे घर र अलपत्र छाडिएका बहु स्वामित्वको भत्किएका घरहरुले द्वाल्खाको सुन्दरतामा खलल पुर्याएको स्थानीय संस्कृतिकर्मी जोशीले बताए । सम्पदा बस्तीको पुननिर्माणमा स्थानीयलाई कुनै भूमिकानै नदिएको उल्लेख गर्दै उनले पुननिर्माण प्राधिकरणबाट सम्पदा बस्तीको कार्यविधि समयमै नआएका कारण बस्ती कुरुप हुन पुगेको बताए ।

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

पुननिर्माण थाले लगत्तै तयार गर्नुपर्ने कार्यविधि गत असरमा मात्रै आफूहरुले प्राप्त गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका प्रमुख गणेश अर्यालले स्पष्ट पारे ।

ढिला गरि आएको कार्यविधिले बन्न बाँकी केही सम्पदालाई मात्रै सहयोग गर्न सक्छ । एकल स्वामित्वको अधिकांश घरहरु बनिसकेका छन् भने बहुस्वामित्वको समेत २३ वटा घरहर बनिसकेका छन् । यी घरहरुमा मौलिकता लोप भएको छ । भूकम्पबाट जीर्ण पाटी, पौवा, बाटोघाटो, चौतारा, ढुङ्गे धारा, चैत्य, पोखरी लगाएतले बस्ती थप कुरुप र असुरक्षित बनेको छ । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्