कुखुराको आक्रमणमा परी महिलाको मृत्यु !

काठमाडौंः  घरपालुवा कुखुराको आक्रमणमा परी एक महिलाले ज्यान गुमाएकी छिन् । यो घटना दक्षिणी अष्ट्रेलियाको हो ।

डेली मेलकाअनुसार महिलाले कुखुराको अण्डा जम्मा गरिरहेको कुखुराले देख्यो र एकाएक महिलामाथि आक्रमण गर्यो । कुखुराको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीले कुखुराको आक्रमणबाट महिलाको मुख्य नशा फुट्यो र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जानकारी दिएका छन् । महिलाले आफ्नो घर नजिकै कुखुरा फर्म सञ्चालन गरेकी थिइन् ।

स्थानीय प्रशासनले घटनापछि चेतावनी जारी गरेको छ । प्रशासनले कुखुरा पनि मानिस जस्तै खतरनाक हुनसक्ने भन्दै हानी नोक्सानी गर्ने जीवको रुपमा कुखुरालाई राख्न आग्रह गरेको छ ।

एडिलेड विश्वविद्यालयका प्रोफेसर रोजर व्यार्डले केही महिनाअघि बिरालोको आक्रमणबाट एक महिलाको मृत्यु भएको घटनालाई कुखुराको आक्रमणसँगै जोडेर हिड्नु पर्नेमा जोड दिएका छन् ।

उनले घरमा पाल्ने जीवले पनि मानिसलाई आक्रमण गर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विश्वविद्यालयले घरपालुवा जनावरको आक्रमण र त्यसबाट बच्ने उपायका विषयमा अध्यायन गरिरहेको छ । प्रोफेसर व्यार्डले घरपालुवा जीवका खतरनाक पक्षका विषयमा आम नागरिकलाई जानकारी दिने उद्देश्यले अध्ययन थालिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्