रानुका बारेमा लता मंगेशकरको बयानले मच्चियो सनसनी, प्रशंसकले गरे चर्को आलोचना

मुम्बई । दिग्गज गायिका लता मंगेशकरले केही दिन अघिदेखि इन्टरनेटमा भाइरल बनेकी रानू मण्डलका बारेमा दिएको प्रतिक्रियाले यतिखेर सनसनी मच्चिएको छ ।

लता मंगेशकरको प्रतिक्रियामाथि रानु मण्डलका फ्यानहरुले निकै कडा टिप्पणी गरेका छन् ।

लताले भन्न खोजेको कुरा बिनम्र भएर पनि भन्न सकिने बताउँदै फ्यानहरुले यति महान गायिकाले यति तल्लोस्तरमा उत्रेर टिप्पणी गर्नु गलत भएको बताएका छन् ।

“यति ठूलो सुपरस्टार र यस्तो अविनम्र ?”

अर्को प्रयोगकर्ताले लेखेका छन्, “एकजना गरिब महिला आफ्नो जीवनयापनका लागि रेल्वे स्टेशनमा गाना गाँदै थिइन । आश्चर्यजनकरुपमा उनको आवाजलाई सोसल मिडियामा मानिसहरुले नोटिस गरे र उनी स्टार बनिन । लताजीले विनम्र भएर उनको सराहना र मद्दत गर्न सक्थिन ।”

एकजना युजरले भने लताको कुरामा सहमति जनाउँदै उनको शब्दलाई कठोर बताए ।

पश्चिम बंगालको रानाघाट रेल्वे स्टेशनमा लताद्वारा गाइएको गीत “एक प्यारका नगमा है” लाई गाएर रानु मण्डल रातारात इन्टरनेटमा छाएकी हुन । उनलाई हिमेश रेशमियाले गाउन ब्रेक पनि दिए । अहिलेसम्म उनले हिमेससँग तीनवटा गीत रेकर्ड गरेकी छिन् ।

के भनेकी थिइन त लताले ?

लताले हालै मात्र भनेकी थिइन, “यदि मेरो नाम र कामबाट कसैको राम्रो हुन्छ भने म आफूलाई भाग्यमानी ठान्छु । तर मलाई लाग्दैन कि कसैको कामलाई कपि गरेर लामो समयसम्म सफलता पाउन सकिएला । म, किशोर दा, रफी साब, मुकेश भैया या आशाका गीत गाएर कुनै पनि सिंगर केही समयका लागि अरुको ध्यान आफ्नोतर्फ तान्न सक्ला तर यो फेम लामो समयसम्म रहन सक्दैन ।”

उनले अगाडि भनेकी छिन्, “सधै ओरिजिनल रहनुस । जुनसुकै सिंगरका एभरग्रिन गीत गाएपनि आफ्नै स्टाइलमा गाउनुस ।”

लताले यसका लागि आशा भोसलेका उदाहरण पनि दिए । यदि आशा भोसलेले आफ्नो गीतको स्टाइल विकास नगरेको भए उनले कहिले पनि आफ्नो गीतको स्टाइल विकसित गर्न सक्ने थिइनँ । “ऊ मेरो छाया मात्रै बनेर रहन्थी ।” उनले भनेकी थिइन ।

कमेन्ट गर्नुहोस्