कसैको दयाले यहाँ पुगेका होइनौं, एकताबद्ध भए जस्तो परिस्थिति पनि चिरिन्छ– प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एकताबद्ध भएर अघि बढे जस्तोसुकै जटिलता पनि चिर्न सकिने बताएका छन् ।

पार्टीको विदेश विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतामा ढिलाई भएको कारण प्रतिगामी तत्वहरुले खेल्न खोजेको भन्दै आम कार्यकर्ता पंक्तिलाई एकताबद्ध भएर अघि बढन निर्देशन दिएका हुन ।
“हामी एकचोटी एकताबद्ध भएर हिजोका सबै संघर्ष, बलिदान र सहीदका सपनालाई सम्झेर अभियानमा गयौं भने कस्ता कस्ता जटिल र अप्ठ्यारा परिस्थिति त चिर्यौ भने एकताबद्ध भएर जाँदा त्यो सामान्य नै हुन्छ । अगाडि बढन सम्भव छ ।” अध्यक्षले भने ।

कम्युनिष्ट आन्दोलन निर्वाचनमार्फत यति लोकप्रिय भएको यो पहिलो परिघटना भएको उनले बताए । “यो विशिष्ट छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको छ ।” उनले भने, “यसलाई राम्रोसँग संश्लेषण गर्ने र यसका पक्षहरु अन्तर्राष्ट्रियउरुपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । यसले हाम्रो कम्युनिष्ट आन्दोलन र विश्वव्यापी श्रमजीवि आन्दोलनले उत्प््रेरणा लिने वातावरण बन्छ ।”

याे पनि पढ्नुस  कोटेश्वरमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

अध्यक्ष प्रचण्डले इतिहासको यो विशिष्ट अवसर सजिलै र सहजै प्राप्त नभएको बताउँदै अब अभियानात्मकरुपमा अघि बढनुपर्नेमा जोड दिए ।

निकै लामो संघर्ष, बहस, बलिदानका धेरै श्रृंखला पार गरेर यो ठाउँमा आइपुगेका हौं ।” उनले भने, “आन्दोलन र संघर्षको बीचबाट खारिएर तयार भएको नेतृत्व तयार नभएको भए सामाजिक न्याय र संघर्षमा नलागेको भए बिभिन्न तानाशाही र सामन्तवादी निरंकुशतावविरुद्ध विजय हासिल नगरेको भए यो परिस्थिति आउने थिएन ।”

याे पनि पढ्नुस  फेरि संसद् पुनःस्थापना भएर लोकतन्त्र ट्रयाकमा जान्छः प्रचण्ड

अध्यक्षले अगाडि भने, “कम्युनिष्ट पार्टीको नेतृत्वले सामाजिक न्याय र समाजवादी चरित्र विकास गर्दै अघि बढेको विश्वास जनतालाई दिन सकेनौं भने ठूलो चुनौती आउने देखिन्छ ।”

कम्युनिष्ट पार्टीको बहुमतलाई कुनै न कुनै रुपमा देख्न नचाहने शक्ति भित्र र बाहिर खुशी नभएको बताउँदै अध्यक्षले उनीहरु सानोतिनो कमजोरी देखिएपनि तिललाई ताड बनाएर प्रचार गर्ने र बदनाम गर्ने प्रयास शुरु भएको जनाए ।
“हामी कसैको दया मायाले यहाँ आइपुगेको होइन तर पार्टी एकता भएपछि जुन तदारुकताका साथ काम गर्नुपथ्र्यो, तीन महिनाबीच सकेर जनतामाझ जान सकेको भए, सबै तहको सरकारलाई निर्देशित र खबरदारी गर्ने काम गर्न सकेनौं ।” उनले भने, “यही सानातिना कमीलाई प्रतिक्रियावादीले अतिरञ्जित ढंगले प्रचार गर्ने र टाउको उठाउने जमर्को उठाउने यदाकदा देख्छौं । यति लामो संघर्ष र बलिदानपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस पनि केहीले गरेको देखेका छौं ।”

याे पनि पढ्नुस  प्रचण्डको गृह जिल्लामा संसद् विघटनविरुद्ध विशाल जनप्रदर्शन हुँदै

नेपाली कम्युनिष्ट आन्दोलनबाट विश्वले नै प्रेरणा लिन सक्ने भएकोले देशभित्र जनतामाझ जाने, हाम्रा काम कारवाहीलाई प्रभाकारी ढंगले अघि बढाउने जिम्मेवारी कैयन गुणा बढेर गएको तथा विदेशमा समेत यसको प्रचार गर्नुपर्नेमा उनको जोड थियो ।

कुटनीति, विचार र राजनीतिको क्षेत्रमा पार्टीका विचारलाई स्थापित गर्ने क्षेत्रमा अभियानात्मक काम गर्न उनले विदेश विभागलाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्