थप २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ ।

यसैबीच आयोगले बिहीबार थप २ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरा जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  निमावि तहः सबै क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक (नामसहित)

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो ।

आयोगका प्रशासकिय अधिृकत डा.तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो ।

याे पनि पढ्नुस  खुल्लातर्फ प्राथमिक तहको तीन जिल्लाको नतिजा प्रकाशन

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्