के भयो यस्तो बिराट कोहलीलाई?

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहलीको एउटा तस्वीर अहिले निकै भाइरल भएको छ ।

तस्वीरमा बिराट कोहली कमिज र पाइन्ट खोलेर बसेको देखिन्छ ।

यो तस्वीर सार्वजनिक गर्ने क्रममा कोहलीले भने दार्शनिक अन्दाजमा लेखेका छन– जब हामी आफ्नै अन्तस्करणमा चियाउन थाल्छौं, हामीलाई बाहिर केही खोज्ने आवश्यकता रहँदैन ।

तर उनको यो तस्वीर सार्वजनिक भएपछि यसलाई लिएर मजाक गर्ने क्रम बढेको छ ।

इन्स्टाग्राममा तस्वीर सार्वजनिक भएपछि कतिपयले उनको ट्राफिक चलान काटिएको भन्दै मजाक गरेका छन् । कतिपयले भने थाकेर सुस्ताएको भनेका छन् ।

उनको यो तस्वीरलाई इन्स्टाग्राममा २१ लाख बढीले मन पराएका छन् ।

कमेन्टमा एकजना युजरले लेखेका छन– सर, नम्बर १ बाट हटेपछि अनुष्काले पनि घरबाट निकालिदिएको हो र ?

कमेन्ट गर्नुहोस्