शक्तिशाली समुद्री आँधी डोरिअन अमेरिका पुग्यो

काठमाडौं । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको छ।

डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ।

क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ।

मौसमविद्‌हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन्।

समुद्री छाल
साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको छ।

र, अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या १० पुग्यो

अघिल्लो दिन प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ।

बहामसमा तथ्याङ्क राख्न थालिएयताकै शक्तिशाली आँधीको रूपमा सेप्टेम्बर १ तारिखमा डोरिअन प्रवेश गरेको थियो।

त्यतिबेला त्यसले प्रतिघण्टा १८५ किलोमिटरको वेगसहित हावाहुरी निम्त्याएको थियो।

दुई दिनसम्म त्यसले अबाको टापु र ग्र्याण्ड बहामामा असर पुर्‍याएको थियो।

बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले उक्त समुद्री आँधीलाई ुदेशमा आएको ठूलो सङ्कटमध्ये एउटाु भएको बताएका थिए।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाबाट २० वर्ष चलेको भियतनाम युद्धभन्दा बढी मानिसको मृत्यु

डोरिअन आँधीका कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ।

समुद्री आँधीसम्बन्धी अमेरिकी केन्द्र एनएचसीका अनुसार नर्थ क्यारोलाइनाको विल्मिङटनको ८५ किलोमिटर दक्षिणमा स्थानीय समय अनुसार साँझ ५ बजे डोरिअन पुगेको थियो र प्रतिघण्टा १० किलोटिरको वेगमा उत्तर(पूर्वतिर बढिरहेको थियो।

पछिल्लो अवस्था के छ?
डोरिअन स्थानीय समय अनुसार बिहीवार साँझ र शुक्रवार नर्थ क्यारोलाइनाको तटीय क्षेत्रनजिक अथवा माथि पुग्न सक्ने एनएचसीले जनाएको छ।

याे पनि पढ्नुस  अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच आज शान्ति सम्झौता हुँदै

अधिकारीहरूका अनुसार बिहीवार बिहान साउथ क्यारोलाइनको तटीय क्षेत्रनजिक पर्ने स्थानका एक लाखभन्दा बढी मानिसहरू बिजुलीविना बस्न बाध्य भएका थिए।

सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा मध्य चार्ल्सटनमा बाढी आएको देखिन्छ।

पूर्वी तटीय क्षेत्रतिरका २२ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ। बिबिसी नेपाली सेवाबाट साभार

कमेन्ट गर्नुहोस्