ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं :  शुक्रबार १४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रहेको थियो ।

शुक्रबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्