काठमाडौं : शुक्रबार १४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रहेको थियो ।
शुक्रबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।