दशैँको लागि नागरीक सहायता कक्ष राख्ने तयारी

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं तिहारलाई लक्षित गर्दै उपत्यकामा यो वर्ष पनि ‘नागरिक सहायता कक्ष’ सञ्चालन गर्ने भएको छ । ४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्न प्रस्ताव गरिए पनि अन्तिम निर्णय भइनसकेको महाशाखाका नायब प्रहरी उपरीक्षक (डीएसपी)पदमबहादुर बिष्टले जानकारी दिए ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो । सरकारले दशैंमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरेकै दिनमा कक्षहरुले काम थाल्ने महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी ढकाललाई

यो समयमा उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटरश्वर, जगाती, लगनखेल र बल्खु लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना रहेको विष्ट बताउँछन् । बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नर्पुयाई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा यातायात सञ्चालकमाथि कारवाही गरिने विष्टले बताए ।

याे पनि पढ्नुस  ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी ढकाललाई

सहायता कक्षका खटिएकाहरुले तोकिएको भाडादर भन्दा बढी लिए÷नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरुमाथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्नेछ। दशैंको समयमा सवारीसाधनले जथाभावी गर्दा दुर्घटनामा पनि बढ्ने गरेका छन् ।

याे पनि पढ्नुस  ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी ढकाललाई

छतमा यात्रु र समान राख्ने गर्दा दुर्घटनाको जोखिम पनि उच्च हुने गरेको छ । त्यसलाई घटाउन पनि सहायता कक्षले प्रभावकारी भूमिका खेल्न सक्ने ट्राफिक प्रहरीको दाबी छ ।

कमेन्ट गर्नुहोस्