७४ वर्षकी महिलाले बच्चा जन्माएपछि सुरु भयो यस्तो बहस

भारत : आन्ध्र प्रदेश राज्यको इस्ट गोदावरी जिल्लामा एक महिलाले ७४ वर्षको उमेरमा आइभीएफ या टेस्ट ट्युब प्रविधिमार्फत जुम्ल्याहा बच्चा जन्माएपछि यसप्रविश्को प्रयोगमाथि नयाँ सिराबाट  बहस सुरु भएको छ।  विभिन्न सरोकारवालाहरूले ७४ वर्षकी महिलाले कुनै पनि प्रविधिको प्रयोग गरेर बच्चा जन्माउनु कतिको सुरक्षित भन्नेबारे बहस गरिरहेका छन्।

परम्परागत समाजमा निसन्तान रहेकी महिलाले सन्तान जन्माउनु बराबर अर्को खुसी केही हुन्न तर भारतमा धेरैले निकै पाको उमेरकी महिलाले बच्चा जन्माउन चाहँदैमा उनलाई यस कामको लागि प्राविधिक सहयोग उपलब्ध गराइदा यसबाट हुनसक्ने सम्भाव्य जोखिमबारे धेरै विचार नपुऱ्याइएको भन्दै आलोचना समेत हुन् थालेका छन्।

रजोनिवृत्तिपछि पनि गर्भधारण

निकै पहिले रजोनिवृत्ति भैसकेकी यी महिलाले आइभीएफ प्रविधिमार्फत नै भए पनि बच्चा जन्माउनुलाई धेरैले चमत्कारको रूपमा लिएका छन्।  उनले यस प्रक्रियाको पहिलो चरणमै गर्भधारण गरेको उनको उपचारमा सलग्न चिकित्सकहरू बताउँछन्। उनी र उनका श्रीमानलाई चिकित्सकहरूले आइभीएफ प्रक्रियाबारे बताएपछि उनीहरू यसबारे राजी भएको र उनले प्रक्रियाको पहिलो चरणमै गर्भधारण गरेकी थिइन्।  उनलाई गत जन्युअरीमा अस्पताल भर्ना गरेर गहन चिकित्सकीय सुपरिवेक्षणमा राखिएको थियो।  चिकिसकहरूले ७४ वर्षको उमेरमा पनि ती महिलाको स्वास्थ्य स्थिति निकै राम्रो रहेकाले प्रक्रिया सफल भएको चिकित्सकहरू बताउँछन्।

कतिपय चिकित्सकघरू पाको उमेरका महिलामा यस प्रक्रियाको प्रयोग गलत भनेको बताउँछन्।  एक जना स्त्री रोग विशेषज्ञका अनुसार उमेर निकै भैसकेको खण्डमा दम्पत्तिले जतिसुकै जिद्दी गरेपनि चिकित्सकहरूले यस प्रविधिको प्रयोग गर्नु हुन्न्न।  तर ती महिलाको उपचारमा संलग्न स्त्री रोग विशेषज्ञ डा  उमाशंकर भने आफूहरूले उपचारको क्रममा सबै नियमहरू पालन गरिएको बताउँछन्।  आन्ध्रप्रदेश मेडिकल काउन्सिलका अध्यक्ष बीएस रेड्डीले पनि यो विवादास्पद मुद्दा रहेको र काउन्सिलको आउने बैठकमा यसबारे कुरा उठाइने बताए।

के हो आइभीएफ प्रविधि ?

इन-भिट्रो  फर्टिलाइजेसन अर्थात् आइभीएफ प्रविधिमा एंडलाई महिलाको शरीर बाहिर निकालेर शुक्रकीटसँग  निशेचित गराइन्छ र त्यसलाई भ्रुणमा विकसित नहोउञ्जेल निगरानीमा राखिन्छ।  तत्पश्चात उक्त भ्रुणलाई महिलाको गर्भाशयमा राखिन्छ।  त्यसपछि पन इबच्चा नजन्मिउञ्जेल चिकित्सकहरूले त्यसरी उपचाररत महिलाको निगरानी गरिराखेका हुन्छन्।

कमेन्ट गर्नुहोस्