लता मंगेशकरलाई यस्तो सम्मानले सम्मानित गर्दैछ भारत सरकार

काठमाडौँ, प्रसिद्ध भारतीय पार्श्व गायिका लता मंगेशकरलाई भारत सरकारले उनको ९० औं जन्मदिनमा विशेष उपाधिले सम्मानित गर्ने भएको छ ।

स्वर कोकिला भनेर चिनिने मंगेशकरलाई भारत सरकारले ‘डटर अफ द नेसन’ अर्थात ‘देशकी छोरी’ उपाधिले विभूषित गर्ने भएको छ । मंगेशकरलाई भारतमा आजसम्मकै सर्वाधिक लोकप्रिय पार्श्व गायिका मानिन्छ र उनलाई भारत सरकारले देशको सर्वाधिक ठुलो गैर सैनिक सम्मान ‘भारत रत्न’ प्रदान गरेको छ ।

आउने सेप्टेम्बर २८ मा लता मंगेशकर ९० वर्ष पुग्दैछिन् र उनलाई भारत सरकारले फेरि एउटा नयाँ सम्मानले सम्मानित गर्न गैरहेको छ । इन्डिया टुडेले प्रकाशित गरेको जानकारी अनुसार भारत सररकारले लता मंगेशकरलाई ‘डटर अफ द नेसन’ अर्थात ‘देशकी छोरी’ उपाधिले सम्मानित गर्ने तयारी गरिरहेको छ ।

सन् १९४२ देखि भारतीय पार्श्व गायनमा सक्रिय लताले ३६ भन्दा बढी भाषाहरूमा ११ हजारभन्दा बढी गीत गएकी छिन् ।

इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार यस अवसरमा गीतकार प्रसून जोशीले एउटा विशेष गीत पनि लेखेका छन् । सरकारसम्बद्ध सूत्रहरूलाई उद्धृत गर्दै इन्डिया टुडे लेख्दछ, “प्रधानमन्त्री मोदी पनि लता मंगेशकरका प्रशंसक हुन् । लाटाले देशको आवाजको प्रतिनिधित्व गर्छिन् । उनलाई ‘देशकी छोरी’ उपाधिले सम्मानित गर्नु देशका सबै छोरीहरूलाई सम्मानित गर्नु जस्ता हो ।”

कमेन्ट गर्नुहोस्