चिनियाँ विदेशमन्त्री भारत नजाने, आइतबार नेपालपछि सोझै पाकिस्तानतर्फ

काठमाडौंः  चीनका विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गर्न लागेको खबरको शुक्रबार चीनले पुष्टि गरेको छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा वाङ यीले शनिबारदेखि नेपाल भ्रमण गर्न लागेको र नेपालबाट उनी पाकिस्तान जाने शुक्रबार बेइजिङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  चीनबाट पनि पेट्रोलियम पाइपलाइन

उनले नेपाल भ्रमणको उद्देश्यबारे केही नखुलाएपनि चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको चाँजोपाँजो मिलाउनु रहेको बुझिएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता कङले भने, ‘नेपाल र पाकिस्तानका विदेशमन्त्रीहरूको निमन्त्रणमा चिनियाँ विदेशमन्त्रीले ७ देखि १० तारिखसम्म ती देशको भ्रमण गर्नेछन्।’

पाकिस्तानका विदेशमन्त्री मोईन कुरेशीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले सेप्टेम्बर ७ देखि १० तारिखसम्म पाकिस्तानको राजधानी इस्लामावादमा हुने चीन-अफ्गानिस्तान-पाकिस्तान विदेशीमन्त्रीस्तरीय बैठकमा भाग लिनुका साथै पाकिस्तान र नेपालको भ्रमण गर्ने प्रवक्ता कङले बताए।

याे पनि पढ्नुस  नेपाली चेली चीनमा ‘दुलही’ का नाममा १० लाखमा बिक्री

अफगानिस्तानको शान्ति प्रक्रियालाई लिएर इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका विदेशमन्त्रीबीच त्रिदेशीय बैठक हुनेछ। नेपाल भ्रमण सकेपछि मन्त्री वाङ यी पाकिस्तान जाने बताइएको छ।

कमेन्ट गर्नुहोस्