अबदेखि बैंकबाट ऋण लिनेलाई नयाँ नियम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई नयाँ नियम लागू गरेको छ । कर कार्यालयमा बुझाएने वित्तीय विवरण र अन्य क्षेत्रमा बुझाउने वित्तीय विवरणमा एकैनासको हुनेले मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण पाउने भएका छन्।

याे पनि पढ्नुस  आजको विदेशी विनिमयदर हेर्नुस्! कुन देशको कति?

ब्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको ब्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नु ब्यवस्था गर्न शुक्रबार राष्ट्र कैंकले जारी गरेको सर्कुलरमा उल्लेृख छ।

याे पनि पढ्नुस  आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

बैंकहरूले आफू दर्ता भएको सम्बन्धित कर कार्यालयबाट युजरनेम र पासवर्ड लिन सक्ने र सो युजरनेम र पासवर्ड कार्यालयको सिष्टमा प्रविष्ट गरेपछि सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गरेको वित्तीय विवरणहरू बैंकले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

ऋणीले ५० लाखसम्मको ऋण लिदा अनिवार्य प्यान नम्बर लिने पर्ने व्यवस्था गरेको छ यसभन्दा पहिला १ करोडसम्म ऋण लिनेमात्र अनिवार्य प्यान नम्बर लिनु पर्ने व्यबस्था रहेको थियो । आर्थिकबाट
https://drive.google.com/file/d/1ZsxD3HUDS6kRu2EHBJzYpzU4pFu7Bx3t/view

कमेन्ट गर्नुहोस्