४ महिनापछि मैदान फर्किएसँगै नेयमारले गरे गोल

काठमाडौंः  कोलम्बियासँग को मैत्रिपूर्ण खेलमा ब्राजिल २–२ को बराबरीमा रोकिएको छ ।

४ महिनापछि मैदान फर्किएका ब्राजिलका स्टार फुटबलर नेयमारको एक गोल र अर्को असिस्टले एकएक गोल गरेपछि खेल बराबरीमा रोकिएको हो ।

नेयमार चोटका कारण जुन ५ पछि मैदान बाहिर थिए । शनिबार भएको खेलमा उनी मैदान उत्रिए । १९ औं मिनेटमा उनकै पासमा कासिमेरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

तर ६ मिनेटपछि कोलिम्बियाले पेनाल्टीमा बराबरी गोल गर्‍यो । ३४ औं मिनेटमा लुइस फनान्डो फ्रुटोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा कोलिम्बया २(१ को अग्रता लिन सफल भयो ।

खेलको ५८ औं मिनेटमा नेयमारले गोल गरे र ब्राजिल घरेलु मैदानमा हारबाट जोगिएको छ ।

कमेन्ट गर्नुहोस्