साताको पहिलो दिन सुनको मूल्य घट्यो

काठमाडौंः  साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

सुन आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो ।

यस्तै, चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । गएको शुक्रबार चाँदी तोलामा ४० रुपैयाँ घटेको थियो ।

कमेन्ट गर्नुहोस्