कीर्गिस्तानविरुद्ध नेपाल २ गोलले अगाडि

काठमाडौंः  कीर्गिस्तानमा जारी नदेज्दा कप फुटबलमा नेपाली महिला फुटबल टिमले खेलको चौथो मिनेटमै अग्रता लिएको छ ।

नेपालले १५ ‍औं मिनेटमा अर्को गोल थपेको छ । दुबै गोल सावित्रा भण्डारीले गरेकी हुन् ।

कीर्गिस्तानमाथि सुरुवातमै दबाब बनाएको नेपालले राम्रो खेलिरहेको छ । प्रतियोगितामा कीर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान सहभागी छन् ।

भदौ २० देखि २७ गतेसम्म हुने प्रतियोगितालाई नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को तयारीको रुपमा लिएको छ ।

कमेन्ट गर्नुहोस्