हातका औंलाहरूले के भन्छन् तपाईंको भविष्यबारे

समुद्रशास्त्रमा हत्केलामा भएका रेखाहरूको सहायताले कुनैं मानिसको भविष्य या स्वभावबारे अनुमान लगाइनु सामान्य कुरा हो।  तर हातका औंलाहरूको आकार र बनावटबाट पनि मानिसको जीवनका बारेमा धेरै कुरा बताउन सकिने यस विधाका अध्येताहरू मान्दछन्।

सम्दुरशास्त्रका अध्येताहरूका अनुसार मान्छेका हत्केलाले मात्र होइन औंलाहरूले पनि जीव्क़नका बारेमा धेरै रहस्य खोल्न सक्दछन्।  अर्थाटी औंलाहरूले पनि मानिसका राम्रा र नराम्रा पक्षबारे धेरै कुरा बताउन सक्छन्। औंलाको आकारबारे विश्लेषण गरेर पनि मानिसको स्वभाव, जीवनशैली र भविश्बारे धेरैओ कुरा अनुमान गर्न सकिने बताइन्छ।

हेरौं कस्ता औंला हुनेहरूको स्वभाव कस्तो हुन्छ:

१. पातला र लामा औंला

पातला र लामा औंला हुनेहरू धेरै भावुक र रिसालु स्वभावका हुन्छन्।  यस्त्सा मान्छेले ससानो कुरामा रिसाउने गर्छन् र यिनलाई मनाउन पनि धेरै गाह्रो हुन्न।

२. मध्यम आकारका पातला औंला

पातला तर मध्यम लम्बाइका औंला हुनेहरू निकै आकर्षक र रुमानी स्वभावका हुने गर्छन्।  यता मानिसको जीवनमा रोमान्सका सम्भावना सधैँ  रहिराख्छ्न्।

३. मोटा र छोटा औंला हुनेहरू

यस्तो आकार प्रकारका औंला भएकाहरूले कुनै पनि कुरालाई गम्भीरतापूर्वक लिने गर्दैनन् र उनले कसैको पर्वाह समेत नगर्ने बताइन्छ।  यस्ता औंला हुनेहरू सधैं मोजमस्ती गर्न मन पराउने स्वभावका हुन्छन्।

४. सानो चोर औंला

यदि कसैको चोर औंला अन्य औंलाको तुलनामा सानो छ भने यस्ता मान्छे धेरै कुरामा पछाडि  रहन्छन्।  यस्ता मानिसलाई  अरुले सजिलै दबाब दिनसक्ने हुन्छ।

५. साना तथा पातला औंला

त्यस्तै साना र पातला औंला हुने मानिस सधैं दुविधामा रहने गरेको पाइन्छ।  त्यस्ता मान्छेले क्लुनै ल्पनी निर्णय सही तरिकाले लिन सक्दैनन्।

त्यस्तै औंलाहरूलाई अरु औंलासँग  तुलना गर्दा समेत मानिसको स्वभावबारे धेरै कुरा थाहा पाउन सकिन्छ।

. साइँली  औंला चोर औंलाभन्दा ठुलो भए

हस्तरेखा विज्ञानका अनुसार कुनै मानिसको साइँली औँला चोर औंलाभन्दा लामो भए त्यस्ता मानिसको व्यक्तित्व आकर्षक हुने गर्दछ।  यस्ता मानिसले कुनै काम गर्ने सोच बनाएपछि त्यसलाई असारी पनि पूरा गर्ने स्वभावका हुन्छन्। यस्ता मानिस मात्र कल्पनामा डुब्ने नभइ जे कुरा पनि गरेरै देखाउने खालका हुने गर्दछन्। कहिले काँही केही रिसाहा देखिए पनि यस्ता मानिस आफ्नो क्षमताको आधारमा हरेक समस्याको समाधान खोल्न सक्षम हुन्छन्।

७. चोर औंला साइँली  औंलाभन्दा ठुलो भएमा

यस्ता खालका मानिस आत्मविश्वासले भरिएका हुन्छन्।  हस्तरेखा विज्ञानका अनुसार यता मानिस केही एकलकाँटे  वभावका हुने गर्छन्ऐ र चुपचाप आफ्नो कम गर्न मन पराउँछन्।  यिनीहरूमा गजबको एकाग्रता हुने गर्दछ।

८. चोर औंला र साइँली औंला बराबर भए

हस्तरेखा विज्ञानका अनुसार  यदि कुनै मानिसका चोर र साइँली  औंला बराबर भए उनी हरू शान्त स्वभावका हुने गर्दछन्।  उनीहरू झगडा फसादजस्ता कुराहरूबाट सधैं टाढा रहने गर्दछन्।  यिनीहरू सोझो र इमान्दार स्वभावका हुने गर्दछन्।  उनीहरू आफ्नो इमान्दारी र लगनशीलताका कारण सफल हुने गर्दछन् र हरेक काम मन लगाएर पूरा गर्ने गर्दछन्।

कमेन्ट गर्नुहोस्