Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कसरी हुँदैछ त शिक्षण विधिमा ‘प्याराडाइम शिफ्ट’ ? महत्वपूर्ण जानकारी

शिक्षकहरू चेतनाका आलोक हुन् । गाउँ समाजका चेतनशील वर्ग हुन् । अभिभावकका सल्लाहकार हुन् । विद्यार्थीका जीवननिर्माता हुन् । शैक्षिक प्रणालीका कार्यान्वयनकर्ता हुन् । यति धेरै भूमिका बोकेका शिक्षकहरू युगको चेतना र बदलिएको शिक्षण शैलीलाई अनुसरण गर्न सक्षम नभएमा शिक्षाको जग भत्कन्छ, गुणस्तर खस्कन्छ ।

शिक्षाविद् इग्न्यासियो न्याचोले यदि हामीले पढाएको तरिकाले विद्यार्थीहरूले बुझेनन् भने शिक्षण विधिलाई उनीहरूले बुभ्mने तरिकामा बदल्नुपर्छ भनेका छन् । यसको अर्थ शिक्षण विधि शिक्षक केन्द्रित होइन कि विद्यार्थीहरूले बुभ्mने तरिकामा आधारित हुनुपर्छ भन्ने हो । हाम्रो देशको शिक्षण शैली परम्परागत प्रवचनमा आधारित न्यारेसन सिक्नेस्बाट ग्रस्त भएको विज्ञहरूको बुझाइ छ । यस शिक्षण शैलीमा बालबालिकाहरूको रुचि, क्षमता, प्रवृत्ति र समस्यालाई ध्यान दिएको पाइँदैन । शिक्षण केवल विषयवस्तुको वर्णन गर्ने, कण्ठस्थ गर्न लगाउने, घोकाउने जस्ता शास्त्रीय शैलीबाट प्रभावित भएकाले हाम्रो देशका शिक्षालयहरू परम्परागत शिक्षण शैलीबाट माथि उठ्न सकेका छैन्।न् ।

आधुनिक शिक्षण पद्घतिले सहभागितामूलक बालकेन्द्रित शिक्षण सिकाइलाई जोड दिन्छ । शिक्षकले विद्यार्थीको उमेर, पूर्वयोग्यता, अभिरुचि, मनोविज्ञानलगायतका सिकाइलाई प्रभाव पार्ने तŒवहरूको ध्यान दिएर शिक्षण गर्नुपर्छ । शिक्षाशास्त्री रोबर्ट फोस्टर्का विचारमा शिक्षण आपूmमा भएको ज्ञानलाई सिकारूमा स्थानान्तरण गर्ने कला हो । यो कलालाई दार्शनिक एरिस्टोटलले उच्च स्तरको बुझाइमा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । शिक्षाशास्त्री विलियम अथरले त शिक्षणको स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीलाई विषयवस्तु भन्छन्, ‘राम्रा शिक्षकले व्याख्या गर्छन्, उत्कृष्ट शिक्षकले डेमोस्ट्रसन गर्छन् भने महान् शिक्षकले प्रेरित गर्छन्,’ भनेका छन् । यसको अर्थ शिक्षण सिकाइमा शिक्षकहरूबाट प्राप्त प्रेरणा विद्यार्थीहरूकालागि जीवनको गोरेटो बनाउँदै सफलता चुम्ने आन्तरिक ऊर्जा हो ।

विद्वान् हाइम गिनोटले शिक्षार्थीलाई भिजेको सिमेन्टको संज्ञा दिँदै कालिगढरूपी शिक्षकहरूले जस्तो बनायो त्यस्तै बन्छन् भन्ने धारणा राखेका छन् । कुमालेले काँचो माटोका भाँडाहरूलाई चाहेको आकार प्रकारमा ढालेजस्तै शिक्षकहरूले विद्यार्थीमा भएको आन्तरिक क्षमतालाई आधार बनाएर भविष्य निर्माणको बाटोमा हिँडाउन सक्छन् । विद्यार्थीमा रहेको आन्तरिक क्षमतालाई बाहिर ल्याउन शिक्षकहरू समसामयिक ज्ञान र वैज्ञानिक शिक्षण कलाले निपूर्ण हुन आवश्यक हुन्छ । महान् शिक्षकले शिक्षार्थीलाई नैतिकवान, सिर्जनशील, योग्य, सक्षम, कर्मशील र रचनात्मक बनाउन सक्छन् ।

सद्गुरुहरू पे्ररणाका स्रोतव्यक्ति, भविष्यको मार्गदर्शक, नैतिकताको प्रतिमूर्ति, अनुसन्धान र अन्वेषणका साधक हुन् । शिक्षकमा शिष्ट भाषाशैली, शालीन व्यक्तित्व तथा शिक्षण कलामा निपूर्णजस्ता गुणहरू अपरिहार्य मानिन्छन् । विद्यार्थीहरूको सिकाइ क्षमतामा एकरूपता पाइँदैन । हरेक व्यक्तिको रुचि र प्रतिभा फरक हुने भएकाले व्यक्तिको सिकाइमा भिन्नता हुनु स्वाभाविक ठानिन्छ । तापनि सिक्ने र सिकाउने तरिकाका आधारमा ढिलो वा चाँडो सिकाइ हुन्छ । तसर्थ शिक्षक भिन्न क्षमता भएका विद्यार्थीहरूको सिकाइको सहयोगी बन्न सक्नु पर्दछ ।

आजको युगमा सिक्न–सिकाउन र बुभ्mन–बुझाउनका लागि अनेक प्रकारका सैद्घान्तिक, मनोवैज्ञानिक तथा प्रयोगात्मक विधिहरू प्रतिपादन भएका छन् । शिक्षाविद् पेस्तालोजीले सिकारू जबसम्म सिक्ने कुराप्रति जागरुक हुँदैन तबसम्म सिकाइ सम्भव हुँदैन, भनेका छन् । विद्वान् वान्दुराले त शिक्षकहरू शिक्षार्थीहरूका मोडेल हिरो हुने भएकाले उनीहरूको शिक्षणसीपका आधारमा विद्यार्थीहरूले सिकाइको स्तर निर्धारण गर्छन्, भनेका छन् । मनोविद् थोर्नडाइकका अनुसार विद्यार्थीहरूले भुल र प्रयत्नका आधारमा सिक्न सक्छन् भन्ने छ । यी विद्वानहरूका भनाइलाई आधार बनाएर हेर्दा भिन्न क्षमता, रुचि र प्रतिभा भएका विद्यार्थीहरूलाई सिकाउने र बुझाउन सक्ने विधिहरू पनि फरकफरक हुन सक्छन् । तसर्थ शास्त्रीयविधिहरूमा फेरबदल आवश्यक हुन्छ । शिक्षकहरूले विभिन्न उमेर र क्षमताका विद्यार्थी समूहहरूसँग ज्ञान स्थानान्तरण गर्नुपर्ने भएकाले किताबी ज्ञान र परम्परागत शिक्षण शैलीलाई बदलेर सैद्धान्तिक तथा व्यावहारिक शिक्षणका सीपहरू अपनाउनुपर्छ ।

एकातिर हाम्रो देशको सन्दर्भमा प्रचलनमा रहेका शिक्षण शैली कथाकथन, प्रश्नोत्तर, छलफल, व्याख्यान, प्रवचन तथा सुगा रटान गराउने शैलीमा आधारित छ भने अर्कोतिर मूल्यांकन प्रणाली पनि पाठ्यपुस्तकमा भएको विषयवस्तुलाई कण्ठस्त गरेर उत्तर पुस्तिकामा लेख्नुपर्ने प्रकारका प्रश्नहरूको आधारमा विद्यार्थीको योग्यता परीक्षा मापन गर्ने र श्रेणी बढाई उसलाई प्रमाणपत्रधारी बनाउने प्रकारको भएकाले शिक्षा व्यावहारिक बन्न सकेको छैन । त्यसो त कतिपय पुरानो शिक्षण शैलीलाई पूर्ण रूपमा असफल पद्धति हो भन्दा शैक्षिक न्याय नहुन सक्छ । तथापि शिक्षण शैली र मूल्यांकन प्रणालीमा परिवर्तन आजको आवश्यकता हो ।

शिक्षणको आधुनिक विधिअन्तर्गत शैक्षिक वातावरण, कक्षाकोठाको व्यवस्थापन, शैक्षणिक सामग्रीको प्रयोग, सरल र अर्थपूर्ण प्रस्तुति, शिक्षक र विद्यार्थीबीचको मैत्रीपूर्ण व्यवहार, विद्यार्थीको पूर्व ज्ञानको आधार, उमेर, सिकाइ क्षमतालाई ध्यान दिएको पाइन्छ । आधुनिक शिक्षण शैलीले पाठ्यवस्तुका निर्धारित उद्देश्य पूरा गराउनका लागि अभिनय, प्रदर्शन, अन्तक्र्रिया, विद्यार्थी सहभागिता, सहपाठी अन्तक्र्रियाका साथै प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रश्रय दिन्छ । आधुनिक शिक्षण विधिमा शिक्षकलाई मोडेल व्यक्तित्वका रूपमा हेरिन्छ । शिक्षकमा आकर्षक व्यक्तित्व, मीठो भाषिक अभिव्यक्ति, स्नेही स्वभाव, नैतिक र चरित्रवान व्यवहार, आत्मविश्वास, नेतृत्वसीप, स्पष्ट वक्ता, सहयोगी, विनयशील, जिज्ञासु साथै शिक्षणकलाजस्ता गुणहरू आवश्यक हुन्छन् ।

सिकाइलाई वातावरणको उपज पनि भनिन्छ । एकातिर हाम्रो देशको शिक्षा प्रणाली समयसापेक्ष बन्न नसकेको बहस छ भने अर्कोतिर हाम्रा गुरुजनहरू समयअनुसार शिक्षण सीपमा अप्डेट हुन नसकेको वास्तविकतालाई अस्वीकार गरी सुख छैन । शिक्षकहरू सिंग्गो शैक्षिक नीति र प्रणालीका कार्यान्वयनकर्ता हुन् । यो जनशक्तिले समाजमा भएका सामाजिक, आर्थिक, सांस्कृतिक, वैज्ञानिक, प्राविधिक, शैक्षणिकलगायतका संरचना तथा विकाससँग जानकारी राख्न सक्ने क्षमता राख्नुपर्छ । गुरुजनहरूले पुरानो शैली, चिन्तन र अनुभवलाई समयको गति र परिवर्तनसँग अप्डेट हुन नसक्दा हाम्रा शिक्षालयहरू समय सापेक्ष ज्ञान र सीपबाट वञ्चित हुनु परेको प्राज्ञिक बुझाइ छ ।

शिक्षक हुन सजिलो होला तर असल शिक्षक बन्न सहज छैन । शिक्षाशास्त्री हेनरी फ्रेड्रिकले उचित सल्लाह दिन सक्ने कला नै शिक्षण हो भनेका छन् । यसको अर्थ शिक्षकले विद्यार्थीलाई शिक्षण सिकाइका क्रममा उचित राय, सल्लाह, सुझाव र निर्देशन दिनुपर्छ भन्ने हो । शिक्षकहरू विद्यार्थीका जीवननिर्माणका मार्ग दर्शक र ज्ञान आर्जनका माध्यम भएकाले उचित सल्लाह दिन सक्ने क्षमता राख्नुपर्छ । यस अर्थमा शिक्षकहरू देश, काल, परिस्थितिको सुझबुझका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान र परिवर्तित वातावरणसँग सुसूचित हुन आवश्यक हुन्छ ।

शिक्षकहरू चेतनाका आलोक हुन् । गाउँ समाजका चेतनशील वर्ग हुन् । अभिभावकका सल्लाहकार हुन् । विद्यार्थीका जीवननिर्माता हुन् । शैक्षिक प्रणालीका कार्यान्वयनकर्ता हुन् । यति धेरै भूमिका बोकेका शिक्षकहरू युगको चेतना र बदलिएको शिक्षण शैलीलाई अनुसरण गर्न सक्षम नभएमा शिक्षाको जग भत्कन्छ, गुणस्तर खस्कन्छ । विद्यार्थीको साथै देशको शैक्षिक भविष्य अन्धकार हुन्छ । यस अर्थमा शिक्षकहरूले अहिलेको युगमा विज्ञान र प्रविधिको क्षेत्रमा भएका उपलब्धिहरूलाई शिक्षण सिकाइमा प्रयोग गर्नु पर्छ । गुरुजनहरूले ज्ञानको दायरा फराकिलो बनाउनका लागि वैज्ञानिक, लेखक, पाठ्यक्रमविद्, शिक्षाविद्, मनोविद्, दार्शनिकलगायतका सैद्घान्तिक र व्यवहारिक ज्ञानको आर्जन गर्नका साथै नवीन शिक्षण सीपलाई अनुसरण गर्नुपर्छ ।

शिक्षा समाज विकासको भरपर्दो आधार हो । देशका शिक्षालयहरू समाजका हरेक क्षेत्रका मानव स्रोत उत्पादन गर्ने स्रोतकेन्द्र हुन् । शिक्षा समय सुहाउँदो हुन सकेन भने समाजका हरेक क्षेत्रहरू तहस नहस हुन्छन् । शिक्षालयहरूले भाषिक व्यवहारमा सक्षम, वैज्ञानिक सुझ्बुझ्भएका, सिर्जनशील, स्वावलम्बी, उद्यमशील, आर्थिक विकासमा टेवा पु¥याउने, अनुशासित, कर्तव्यनिष्ठ, नागरिकहरू उतपादन गर्न सक्नु पर्छ । यसका लागि राज्यले शिक्षा प्रणालीमा परिवर्तन, परिमार्जन र संशोधन गर्दै युग सुहाउँदो,पाठ्यक्रम, पाठ्यपुस्तकीय व्यवहारिक विषयवस्तुको व्यवस्था गर्न पर्दछ र गुरुगणले परिवर्तित शैक्षिक पद्घतिलाई आधुनिक तरिकाले हाँक्न सक्ने क्षमता वृद्घि गर्नुपर्छ । अहिले समय बदलिएको छ । शिक्षण शैलीहरू बदलिएका छन् । शिक्षालयमा अध्यापनरत गुरुजनहरूमा समय सापेक्ष ज्ञान र परिवर्तनका गति सँगसँगै रूपान्तरण हुन आवश्यक हुन्छ । हातमा छडी, शास्त्रीय प्रवचन, रुग्ण व्यवहार, थकित चेहरा र हुकुमी लवजले २१औं शताब्दीका विद्यार्थीका चाहना र पाठ्यपुस्तकमा निर्धारित सिकाइका उद्देश्यहरू पुरा हुन सक्दैनन् । तसर्थ गुरुजनहरूले परम्परागत शिक्षण विधिमा प्याराडाइम सिफ्ट गरी आधुनिक शिक्षण कलालाई अवलम्बन गर्नुपर्छ ।
राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: